मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

#आजको_वचन।#१तिमोथी ५:१७-२५#मण्डलीको_एल्डरहरु_असल_देखरेख_गर्ने_र_दोबर_आदरको_योग्य_हुन्छन्।
  • मण्‍डलीको असल देखरेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्‌, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌।किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।” दुई वा तीन साक्षीको गवाहीबाहेक एल्‍डरको विरुद्धमा लाएको आरोप कहिल्‍यै स्‍वीकार नगर।पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌। परमेश्‍वर र ख्रीष्‍ट येशूको सामु र चुनिएका स्‍वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्‍छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।कसैमाथि हात राख्‍ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।कुनै-कुनै मानिसका पापहरू त सोझै इन्‍साफमा पुग्‍ने गरी प्रत्‍यक्ष हुन्‍छन्‌, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्‌।त्‍यसै गरी असल कामहरू त प्रत्‍यक्ष हुन्‍छन्‌, र जो प्रत्‍यक्ष छैनन्‌, ती पनि गुप्‍तमा रहन सक्‍दैनन्‌। 

  •   please Share it.
Subscribe YOUTUBE CHANNEL RABI SHRESTHA MISSION. 

Comments