मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

आजको वचन।
हिब्रू ९:१-१०
 पुरानो पवित्र ठाउँ।
 पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए।एउटा पवित्र वासस्‍थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्‍थान भनिन्‍थ्‍यो।  दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्‍थान भनिने कोठा थियो,  जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए।सन्‍दूकमाथि कृपा-आसनमा छाया पारिराख्‍ने ईश्‍वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्‍तारपूर्वक भन्‍न सक्‍दैनौं।  अब यी कुराहरूको प्रबन्‍ध गरिसकेपछि पूजाहारीहरू आफ्‍ना विधि र कर्तव्‍य पालन गर्दै निरन्‍तर बाहिरपट्टिको पवित्रस्‍थानभित्र प्रवेश गर्थे। तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्‍छन्‌, सो पनि रगत नलगी होइन। त्‍यो रगत उनले आफ्‍नो निम्‍ति र मानिसहरूका पापको निम्‍ति चढ़ाउँछन्‌। यसैबाट पवित्र आत्‍मा देखाउनुहुन्‍छ, कि जबसम्‍म बाहिरपट्टिको पवित्रस्‍थान रहिरहन्‍छ, तबसम्‍म महापवित्रस्‍थानभित्र जाने बाटो खुल्‍नेछैन।यो त अहिले वर्तमान समयको निम्‍ति एक दृष्‍टान्‍त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्‍याउन सक्‍दैनन्‌।ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्‌, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्‌, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए।

Comments