मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरमा_अनज्ञाकारी_भएर_फल_खाए_र_पाप_गरेको_कारणले_गर्दा_आदम_हब्बा_सर्पलाई_परमेश्वरले_श्राप_दिनुभयो

#आजको_वचन।
#उत्त्पति३:१४-१९
#परमेश्वरमा_अनज्ञाकारी_भएर_फल_खाए_र_पाप_गरेको_कारणले_गर्दा_आदम_हब्बा_सर्पलाई_परमेश्वरले_श्राप_दिनुभयो।

तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैंले यसो गरेको हुनाले, “तँ सबै पालिने पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌। तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”

  स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”

त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, “तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌। त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्‌।

माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।”

- मानिसले पापले गरेपछि फेरि परमेश्वरले मानिसहरुलाई पुन परमेश्वर मा मिलाप गराउन फेरि प्रतिज्ञा गर्नुभएको छ।(उत्त्पती ३:१५ मा) सर्प अब मानिसको शत्रु भएको छ कारण शैतानले सर्पलाई प्रयोग गरेको छ र त्यसले अब मानिसहरुलाई डस्ने छ।तर स्त्रीको सन्तानले सर्प को शिर कुचाउने छ। यो भनेको चाहिँ प्रभु येशू ख्रीष्टले शैतानको शिर कुचाउने छ भनेको हो ।अहिले सम्म हामी हेर्छौ भने सर्पलाई मानिसहरुले यसरी नै मारे का छन् ।सबै सर्प फेरि सैतान होइन जसले चाहिँ शैतानले प्रयोग गरेको सर्पको जस्तो व्यवहार गर्छन् त्यो चाहिँ सैतान हो। यो #उत्त्पति३:१५ मा भएको यो पहिलो बाइबल को सुसमाचार हो जसबाट स्त्री को सन्तान भनेको प्रभु येशू ख्रीष्ट मुक्तिदाता,उद्दारकर्ता,मशिह भएर यस संसार मा मानिसहरुको पापलाई मुक्ति दिन आउनु भयो।आदमको बंशबाट नै येशू प्रभु आउनुभयो।रोमीको पुस्तकले बताएको छ पहिलो आदमले मृत्यु ल्यायो दोस्रो आदमले जीवन दियो।
#शिक्षा: पाप नगरौं र पूरा पश्चातापी भएर ख्रीष्ट मा पुन फर्काउ।
#तयारी:#रविश्रेष्ठ।

Comments

Post a Comment

Thank You So Much.God Bless You.