मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

जलप्रलयको अन्त्य।

आजको वचन।
उत्त्पति८:१-२२
जलप्रलयको अन्त्य।
तर परमेश्‍वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्‍झनुभयो, अनि उहाँले पृथ्‍वीमा बतास चलाइदिनुभयो, र पानी घट्‌न लाग्‍यो।अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्‍द गरियो।अनि पानी पृथ्‍वीमा लगातार घट्‌दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो।सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो।दशौँ महिनासम्‍म पानी लगातार घट्‌दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे।चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले,र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्‍जेल त्‍यो काग यताउता उड़िरह्यो।तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए।त्‍यस ढुकुरले आफ्‍ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्‍यो तिनीकहाँ नै जहाजमा फर्क्‍यो, किनभने पृथ्‍वीमा अझै पानी थियो। तब तिनले आफ्‍नो हात पसारेर त्‍यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्‍याए।अरू सात दिन पर्खेर तिनले फेरि त्‍यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए।त्‍यो ढुकुर साँझमा तिनीकहाँ फर्क्‍यो। त्‍यसको चुच्‍चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्‍ने नोआले थाहा पाए।तब तिनले अरू सात दिन पर्खेर त्‍यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्‍यो तिनीकहाँ फर्केर आएन।नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्‍वीबाट पानी सुक्‍यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्‍खा थियो।अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्‍यो। तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो,
 “तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्‍की।तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पन्क्षी दुवै, र घस्रने जन्‍तुलाई बाहिर निकाल्‌, र तिनीहरू पृथ्‍वीमा प्रशस्‍त गरी बढून्‌, र तिनीहरू पृथ्‍वीमा फैलिँदै र संख्‍यामा वृद्धि हुँदैजाऊन्‌।”तब नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा बुहारीहरू जहाजबाट निस्‍केर आए।र सबै पशु, घस्रने जन्‍तु, पन्क्षी – पृथ्‍वीमा हिँड्‌डुल गर्ने सबै जीवजन्‍तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्‍केर आए। अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पन्क्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।त्‍यसको मीठो बास्‍ना लिनुभएपछि परमप्रभुले आफ्‍नो मनमा भन्‍नुभयो, अब म फेरि कहिल्‍यै मानिसको खातिर पृथ्‍वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्‍छन्‌। अहिले मैले गरेजस्‍तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।“पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”
शिक्षा:नोआको विश्वास र आज्ञाकारीताले गर्दा नोआको सम्पूर्ण परिवार बच्यो।आज तपाई र मेरो विश्वास र आज्ञाकारीताले गर्दा हाम्रो परिवार नि एक दिने बच्नेछ।

Comments