मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

अब्राहम र लोत छुटिए।

आजको वचन।
उत्त्पति:१३:१-१८
अब्राहम र लोत छुटिए।
अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्‍लेर नेगेवमा आए।पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए।तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्‍यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो,र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्‍यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्‍तुहरूका बथान र पालहरू थिए।त्‍यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्‍थामा धान्‍न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्‍तुको सम्‍पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्‍ने भए।अब्राम र लोतका गाईबस्‍तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्‍यस बेला त्‍यस देशमा कनानी र परिज्‍जीहरू पनि बस्‍थे।यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्‌, किनकि हामी त नातेदार हौं। सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”लोतले आफ्‍ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्‍तै, अथवा सोअरतिरको मिश्रदेशजस्‍तै चारैतिर प्रशस्‍त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।)यसैकारण लोतले यर्दनको जम्‍मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए।अब्रामचाहिँ कनान देशमा नै बस्‍न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्‍नो पाल सदोमसम्‍म सारे। सदोमका मानिसहरू दुष्‍ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्‍चिमतिर हेर्‌।तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्‍तानलाई सधैँको निम्‍ति दिनेछु। म तेरा सन्‍तानलाई पृथ्‍वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्‍म कि कसैले धूलो गन्‍न सक्‍छ भने तेरा सन्‍तान पनि गन्‍न सक्‍नेछ।उठ्‌, देशको चारैतिर जा, किनकि म त्‍यो तँलाई दिनेछु।”तब अब्रामले आफ्‍ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्‍यहाँ आएर तिनी त्‍यहीँ बसोबास गर्न लागे। त्‍यहाँ परमप्रभुको निम्‍ति तिनले एउटा वेदी बनाए।
शिक्षा:लोतले जसरी लोभी भएर आफै छान्ने काम गर्नु हुन्न।परमेश्वरले जुन ठाउँ दिनु हुन्छ त्यस मा नै हामी सन्तुष्ट बस्नुपर्छ।

Comments