मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

अब्राहमले लोतको उद्दार गर्छन् ।

आजको वचन।

 उत्त्पति:१४:१३-२४
अब्राहमले लोतको उद्दार गर्छन् ।
उम्‍केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्‍कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।अब्रामले आफ्‍ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्‍नो घरमा जन्‍मेर तालीम पाएका तीन सय अठाह्र दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्‍मै खेदेर गए।
तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्‍ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्‍त गरे, र दमस्‍कसको उत्तरतर्फको होबासम्‍मै उनीहरूलाई खेदे।तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्‍पत्ति, स्‍त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्‍याए।कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फकंर्दा शावेको उपत्‍यका, अर्थात्‌ राजाको उपत्‍यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।अनि शालेमका* राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए।उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष्‌ मिलोस्‌।सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्‌, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्‍नू।”तर अब्रामले सदोमका राजालाई भने, “स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, सर्वोच्‍च परमेश्‍वरमा मैले यसरी किरिया हालेको छु,कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्‍याएँ’ भनेर तपाईं भन्‍नुहुनेछ।मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्‍सा लिनेछैनँ। आनेर, एश्‍कोल र मम्रेले चाहिँ आफ्‍ना भागहरू लिऊन्‌।”
शिक्षा:जे परमेश्वरको हो हामीले परमेश्वरलाई नै दिनुपर्छ,धनसम्पत्तिको लोभ कहिले गर्नुहुन्न।परमेश्वरलाई पहिलो स्थानमा राख्नुपर्छ अनि बाकी अरु कुरालाई।परमेश्वरले दिनुभएको कुरामा धन्यवादी भएर उहाँलाई प्रेम गरेको कारण हामी आज्ञाकारी भएर परमेश्वरको राज्यको निम्ति भेटी र दशांश दिने गर्नुपर्छ,करकाप होइन राजीखुसी साथ दिनुपर्छ।

Comments