मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

शबाथको खाना।

आजको वचन।

प्रस्थान१६:१-३६ (स्वर्गबाट खाना)।
प्रस्थान १६:२२-३०(शबाथको निम्ति खाना
)।
=>छैटौँ दिनचाहिँ तिनीहरूले दोबर, अर्थात्‌ हरेकको निम्‍ति दुई-दुई ओमेर बटुले, अनि समुदायका सबै नाइकेहरू आएर मोशालाई त्‍यो कुरा बताए।तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्‍ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्‍नु छ, सो उमाल। जति उब्रिन्‍छ त्‍यो आफ्‍नो निम्‍ति बिहानसम्‍मलाई राख’।” मोशाले आज्ञा गरेझैँ त्‍यो तिनीहरूले बिहानसम्‍मै छोड़िराखे। त्‍यो गन्‍हाएन र त्‍यसमा कुनै कीरा पनि लागेन।तब मोशाले भने, “त्‍यो आज खाओ, किनकि आज परमप्रभुको निम्‍ति शबाथ हो। आज त्‍यो तिमीहरूले भूमिमा पाउनेछैनौ।छ दिनसम्‍म तिमीहरूले त्‍यो बटुल, तर सातौँ दिन शबाथ हो, र त्‍यसमा केही हुनेछैन।”तरै पनि सातौँ दिनमा मानिसहरूमध्‍ये कति जना त्‍यो बटुल्‍न गए, तर केही पाएनन्‌।तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्‍म तिमीहरू मेरा आज्ञा र मेरा आदेशहरू मान्‍न अस्‍वीकार गर्नेछौ?याद राख, कि परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ। यसैकारण परमप्रभुले तिमीहरूका निम्‍ति छैटौँ दिनमा दुई दिनको भोजन दिनुहुन्‍छ। सातौँ दिनमा तिमीहरू हरेक जहाँ छौ त्‍यहीँ नै बसिरहनू, कुनै पनि मानिस आफ्‍नो डेराबाट बाहिर नजाओस्‌।”यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।
#यहुदीहरुको शबाथ चाहिँ शनिबार हो।तयारी दिन चाहिँ आइतबार हो।
#शबाथले दुई कुरामा फाइदा दिन्छ:-
१)शरीरको थाकाईलाई आराम मिल्छ।
२)थाकेको शरीर ताजा हुने र परमेश्वरको वचनले ताजा बनाउने काम गर्छ।



#नोट:-लाल समुन्द्र एउटा समस्य हो।परमेश्वरले समस्यलाई पार गराउनुहुन्छ।समस्य देखि भाग्नुहुन्न त्यसमा लड्न सिक्नुपर्छ।परमेश्वरमा विश्वास र भरोसा गर्नुपर्छ र त्यो समस्यलाई जिवनबाट निकालेर फालेर ख्रीष्टको पछि सधैं हिंड्नुपर्छ।
पहिलो जन्मेको चाहिँ पहिलो फल हो,अगौटे फल हो।परमेश्वरको सेवाको लागि समर्पित हो।ख्रीष्ट येशू नि पहिलो फल हुनुहुन्छ।निस्तार चाडले मुक्ति दिदैन।व्यवस्थाले मुक्ति दिदैन।काम,कर्म,खतानाले मुक्ति दिदैन।मुक्ति त केबल प्रभु येशू ख्रीष्टले मात्रै दिनुहुन्छ।उहाँ माथी साचो विश्वास र भरोसाले मात्र मुक्ति दिन्छ।मोशालाई विश्वास गरेर मुक्ति पाइदैन मुक्ति पाउन त केबल प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ।निस्तार-चाडको बलि मोशा होइन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।निस्तार चाडको नियम मोशाको पालना गरेर मुक्ति पाइदैन प्रभु येशू ख्रीष्टको नियम अनुसार चलेमा मुक्ति पाइन्छ।ख्रीष्टको वचनमा रहेर आज्ञा पालन गरेर त्यही अनुसारको जिउन जिउने हो भने मुक्ति पाइन्छ।निस्तार भनेको पार गर्नु हो।मृत्युको दूत इस्राएलीहरु माथी भएर जाने काम गरे।इस्राएलमा कुनै पनि हानी गर्ने काम गरेनन्।निस्तारको थुमा प्रभु येशू ख्रीष्ट आफै हुनुहुन्छ।उहाँ हामी सारा मानवजातिको पाप बोकेर कलभरीको क्रूश्मा निस्तारको लागि बलि हुनुभयो।यो रगतले जीवन दिनेछ त्यो रगत पवित्र र सिद्ध छ जुन रगत प्रभु येशू ख्रीष्टले क्रूशमा सारा पापीको लागि बगाउनु भयो।परमेश्वरले घमण्डीको घमण्डलाई चकनाचुर पार्नुहुन्छ फारोको घमण्ड आफनो बहादुर योद्धा,रथ,घोडचढीमा थियो सबैलाई परमेश्वरले लाल समुन्द्रको पानीमा चकनाचुर पार्नुभयो।


#शिक्षा:परमेश्वरको इच्छा र योजना अनुसार नै यो घटनाहरु घटिरहेको थियो।मिश्रमा अति दमनको बाबजुद पनि परमेश्वरले इस्राएलीहरुलाई आशिष दिई तिनीहरूको सन्तान उत्पादन गराई राख्नुभएको थियो।सन्तान जन्माउन हामीले आफै कति जन्माउने भनेर निर्णय गर्नुपर्छ र बच्चाको गर्भमा नै मार्ने काम गर्नुहुन्न।यो परमेश्वरको विरुद्ध ठूलो पाप हो।हत्या गर्नु र गराउन लगाउनु हुन्न यो नि ठुलो पाप हो।मानिसको डर भन्दा बढी परमेश्वरको डर मान्नुपर्छ।परमप्रभुको भय नै ज्ञानको शुरूवात हो।जति जति राजा फारोले इस्राएलीहरुलाई दुख दिदै थियो त्यति धेरै नै परमेश्वरले इस्राएलीहरुलाई आशिष दिनुभयो।मोशाले संसारको कुरालाई छान्ने काम गरेनन् राजदरबार नै छोडे त्यो भन्दा नि बढी परमेश्वरलाई खोजे।हामीले धन सम्पत्ति खोज्ने होइन हामीले सर्ब प्रथम परमेश्वरलाई खोज्नुपर्छ।परमेश्वरलाई खोज्दै जादा उहाँको इच्छा छ भने उहाँले नै हामी हरेकलाई चाहिने कुरा जुटाउन हुन्छ।यदि धन नै दिनु भयो भने नि त्यो धनले नै परमेश्वरको राज्यको निम्ति खर्च गर्नुपर्छ।उहाँले सबैलाई नै धन नै दिनुहुन्छ भन्ने छैन कोहि कोहिलाई चाहिँ अवस्य दिनुहुन्छ।धनको होइन परमेश्वरको सेवा गरौँ।परमेश्वरले हाम्रो सुस्केरा र वेदना सुन्नुहुन्छ यदि हामीले सहि तरिकाले उहाँलाई खोज्दै उहाँकै सत्य बाटोमा हिडेकाछौ भने।परमेश्वरको बोलावटलाई चिनेर पछाउनुपर्छ नत्र परमेश्वरले अरुलाई नै चलाउन हुन्छ।शैतानको शक्ति भन्दा परमेश्वरको शक्ति महान छ।चिन्ह र चमत्कारको पछि होइन प्रभु येशू ख्रीष्टको शिक्षा मा लाग्नुपर्छ।खतानाले मुक्ति दिदैन येशू ख्रीष्ट माथि ले मात्र मुक्ति दिन्छ।हाम्रो इसाई जीवन गनगन होइन धन्यवादी जीवन हुनुपर्छ।जब हाम्रो जीवन धन्यवादी हुन्छ तब हाम्रो जीवन मा आशिष आउने छ र हामी आशिषको मुल हुने छौँ र त्यो आशिष बगेर पोखिन्छ।अन्याय,अत्याचार,शोषण कहिले नि गर्नुहुन्न यसको नि न्याय परमेश्वरले नै न्यायको दिनमा गर्नुहुन्छ।

Comments