मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

रवि श्रेष्ठ को सत्य वास्तविक जीवन गवही।

मेरो नाम रबि श्रेष्ठ हो। मेरो घर गोंगबु काठमाडौंमा पर्छ ।
मेरो जन्म एउटा हिन्दु परिवारमा भएको हो । पहिले
मेरो परिवारका सबै जना हिन्दु हुनुहुन्थ्यो ।
जन्मको हिसावले म हिन्दु भएतापनि मलाइ हिन्दु संस्कार
कत्ति पनि मन पर्दैनथ्यो । म सधैं शान्ति चाहन्थें, एक्लै
शान्त अवस्थामा रहनु मनपर्थ्यो । पुजाआजामा पशुबलि दिने
हिन्दुहरुको चलन देखि मलाइ निकै नै बैराग लाग्दथ्यो । यसै
कारणले म हिन्दु भन्दा पनि बौद्ध धर्म तिर आकर्षित
हुन थालें । मैले बुद्ध धर्म र त्यससंग सम्बन्धित
शान्तिप्रिय कुराहरु धेरै सुनेको थिएँ । म व्यक्तिगत
रुपमा बौद्ध दर्शनबाट अति नै प्रभावित थिएँ ।
जब म कक्षा ९ मा पढ्दै थिएँ । तब शारीरिक
रुपमा म निकै नै कमजोर हुन लागें । त्यतिबेला मेरो पेट
एकदम दुख्थ्यो, दु:खाईले सहनै नसक्ने
अवस्थामा पुर्याउथ्यो ।
यस्तो अवस्था भएपछी म अस्पताल गएँ ।
अस्पताल गएपछि केहि सन्चो भएको जस्तो भए
पनि पछि फेरि मेरो हालत उही हुन्थ्यो ।
त्यसपछि म धेरै ठाउँमा भौतारिएँ, कयौं देवीदेवता,
धामी झाँक्रीको भरमा परें ।
तथापि केहि सीप चलेन । घरपरिवार र मलाई
हेर्ने अन्य व्यक्तिहरुले
मेरो आशा मारिसकेको अवस्था थियो । मलाई भित्रै
देखि बुद्धको शरणमा जाने इच्छा लाग्यो । बुद्धले म
कहाँ आउ, म तिमिलाई ठिक गर्नेछु भने जस्तो अनुभव गर्न
थालें । त्यसपछि मैले बिस्तारै आफ्नो मन पूर्ण
रूपमा बुद्धमार्ग तर्फ ढल्कन थालेको महसुस गरें । मैले
बुद्धको मुर्तिमा पूजा गर्न थालें अनि बुद्धको ध्यान पनि गर्न
थालें । मैले लगभग ६ महिना सम्म आफुंले सधैं खाने
खाना खान छोडें । मेरो खाने कुराको कुनै ठेगान हुँदैनथ्यो ।
त्यसपछि म बुद्ध जयन्तिको दिनमा ध्यान
गर्नको लागि लुम्बिनी पनि गएँ । त्यहाँ गएर
दशौँ हजार मान्छे संगै मैले घन्टौं सम्म ध्यान गरें । त्यस
पछि पनि १७ देखि २६ घण्टा सम्म पानि पनि नपिईकन ध्यान
गर्न थालें । कहिले कहिले मलाई
केहि सन्चो भएको जस्तो हुने भए
पनि फेरि बिमारीले च्याप्थ्यो ।
त्यसको केहि समय पछि फेरि मेरो हालत पहिले
भन्दा पनि खराव हुन पुग्यो । मलाई अस्पताल लगियो,
त्यति बेला डाक्टरले पनि म अन्तिम अवस्थामा छु
भनेको कुरा मैले पछि बाट थाहा पाएँ ।
मलाई पनि अब म बाँच्दिन जस्तो लागिसकेको थियो । मलाई
देख्ने भेट्ने सबैले नै आशा मारिसकेको अवस्था थियो । त्यस
राति मलाई निकै नै रुन मन लाग्यो । समग्रमा भन्नुपर्दा मैले
बिताएका कष्टपूर्ण ध्यान र पुजाआजाका कुराहरु सबै नै
ब्यर्थ ठहरिए । मलाई यी सबै कुरा प्रति भित्रै
देखि नै बितृष्णा जाग्न थाल्यो ।
त्यतिबेला मेरो अन्तरात्मा देखि नै बाँच्ने रहर जाग्न
थालेको थियो । यसैबीच मैले कहिल्यै
सोच्दा पनि नसोचेको र बिश्वास
पनि नगरेको कुरा मेरो दिमागमा आयो । मेरो आमा पहिले देखि नै
चर्च जानुहुन्थ्यो, जुन कुरा मलाई कत्ति पनि चित्त
पर्दैनथ्यो । मेरो आमाले पनि चर्चमा गएर नै
शारीरिक रोगहरु बाट चंगाई प्राप्त
गर्नुभएको थियो, तर मलाई ति कुराहरु बकवास लाग्दथ्यो ।
झुक्किएर त्यसो हुन गएको हो भन्ने लाग्दथ्यो ।
मेरो मनमा ठुलो उथलपुथल भएपछि, अब कुनै
बाटो बाँकी छैन भन्ने लागेपछि मैले आफुँ
पनि चर्चमा जाने र बाँच्ने अन्तिम चेष्टा गर्ने निर्णय गरें ।
यति बेला सम्म मलाई यस्तो लागिसकेको थियो कि चर्च जानु र
जिसस क्राइष्ट संग प्रार्थना गरेर निको हुने आशा गर्नु
मेरो निम्ति अन्तिम आशा हो । त्यसको अर्को एउटै
पनि विकल्प म संग छैन ।
यदि त्यसरी पनि निको हुन सकिन भने म
निश्चय नै मर्नेछु भन्ने कुरामा मलाई कुनै संका नै थिएन ।
त्यसपछि मैले मेरो आमा संग कुरा गरेर चर्च जाने मन देखाएँ
। मेरो निर्णयले उहाँलाई निल्कै नै उत्साहित बनाएको थियो ।
चर्चमा गए पछि मेरो निम्ति धेरै प्रभुका जनहरुले
प्रार्थना गरिदिनुभयो । अचम्मको कुरा के भने उहाँहरुले
प्रार्थना गर्दा गर्दै नै मैले प्रार्थनाको शक्ति अनुभव गर्न
थालें । मलाई चर्च, बाइबल अनि प्रभु
येशूको बारेमा केहि थाहा नभएपनि अनि मैले साँचो हिसावले
भित्रै देखि उहाँलाई बिश्वास नगरेकै भएपनि ३ घन्टामा नै
मैले छुटकारा महसुस गर्न सकें । यो छुटकारा पहिले
पहिलेको भन्दा बिशेष थियो भन्ने पनि अनुभव गर्न सकें ।
आफ्नै जीवनमा यी सबै
आश्चर्यकर्महरु देखिसकेपछि मैले भित्रै देखि उहाँलाई
बिश्वास गर्न लागें । सत्य चाहिं ख्रीष्ट येशू नै
हुनुहुन्छ भन्ने कुरामा अब मेरो मनमा कुनै शंका रहेन ।
मैले उहाँलाई ग्रहण अनि बिश्वास गर्ने निर्णय गरें ।
त्यस बेला देखि उसो मैले कहिल्यै
पनि पहिलेको जस्तो पिडित र कमजोर जीवन
जिउनु परेको छैन । मैले ख्रीष्ट येशूमा बिश्वास
गरेर रोग बाट चंगाई पाएको मात्रै होइन, शान्ति पनि प्राप्त
गरेको छु । मैले उहाँको प्रेममा सबै
चिन्ता फिक्रीबाट मुक्ति प्राप्त गरेको छु ।
उहाँमा बिश्वास गरेर कहिल्यै नाश नहुने अनन्त
जीवनको भागिदार बन्ने सुअवसर पाएको छु ।
त्यस बेला देखि मैले आफुँले सकेसम्म र भ्याएसम्म
उहाँको महिमाको निम्ति आफुँलाई समर्पण गर्दै आएको छु ।
यसरि ख्रीष्ट येशूलाई ग्रहण गरेको १ बर्ष
भित्रैमा मैले बप्तिस्मा पनि लिएँ, र एउटा घरेलु
संगतिको अगुवाई गर्ने
सम्मको जिम्मेवारीमा रहन पाएँ ।
म आज पूर्ण स्वस्थ जीवन जिउदैछु, मलाई
ति पहिलाको समस्याहरुले सताउँदैनन् । आजको बिज्ञान
प्रविधिको युगमा अझैं चिकित्सा विज्ञानले चरम
सफलता हाँसिल गरेको बर्तमान समयमा धेरै जनालाई
यस्ता कुराहरु पत्यार नलाग्न पनि सक्छ ।
जसरि पहिला मेरो आमाले चर्चमा गएर चंगाई पाएँ भन्दा मलाई
बकवास लाग्दथ्यो, आज मेरो चंगाईको कथा सुनेर
पनि कतिजनालाई बकवास नै लाग्न सक्छ । त्यस
कुरामा मलाई कुनै गुनासो छैन, किनकि नचाख्दा सम्म कुनै
पनि कुराको वास्तविक स्वाद थाहा हुँदैन ।
तर म सबैलाई अनुरोध गर्न चाहन्छु: यदि तपाईंहरु रोग
बिमार्मा हुनुहुन्छ वा अन्य गहिरा गहिरा समस्याहरुले
जकडिएको अवस्थामा हुनुहुन्छ भने निसंकोच
ख्रीष्ट येशूको चरणमा आउनुहोस् । उहाँले
तपाईंका सबै बोझहरु उठाईसक्नुभएको छ । धर्मशास्त्र
बाइबलमा यसरि लेखिएको छ: पारख गरेर हेर, कि परमप्रभु
कति भला हुनुहुन्छ (भजनसंग्रह ३४:८) । उहाँ साच्चैं
नै भला हुनुहुन्छ, मलाई निको पार्ने परमेश्वरले तपाईंलाई
पनि निको पार्न सक्नुहुन्छ । म निश्चयाताका साथ भन्न
सक्छु कि ख्रीष्ट येशूलाई ग्रहण
गरिसकेपछि तपाईंको जीवन
कदापी उही रहनेछैन ।
एउटा अद्भुत स्वर्गीय तरङ्ग
तपाईंको जीवनमा उठ्नेछ, र सबै कठिनाईबाट,
कमजोरीबाट र नास हुनबाट तपाईंलाई बचाउनेछ

अन्त्यमा; मैले जस्तै
पिडा भोगिराख्नुभएको कोहि हुनुहुन्छ भने उहाँहरुलाई
यहि अनुरोध गर्न चाहन्छु आफ्नो पिडा पालेर
नबस्नुहोस, जीवन देखि हार खाएर खुइय्य
गर्दै पुर्पुरोमा हात लगाएर नबस्नुहोस ।
ख्रीष्ट येशूलाई ग्रहण गरेर मैले जस्तै
चंगाईको जीवन प्राप्त गर्नुहोस् ।

Comments