मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

#आजको_वचन।
#१तिमोथी५:३-१६
#जो_साच्चै_नै_विधवा_हुन् ,_तिनलाई_आदर_गर।
  जो साँच्‍चै नै विधवा हुन्‌, तिनलाई आदर गर।कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन्‌ भने, तिनीहरूले सर्वप्रथम आफ्‍नै परिवारप्रति आफ्‍नो धार्मिक कर्तव्‍य पालन गर्न सिकून्‌, र आफ्‍ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्‌, किनकि यो परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य हुन्‍छ। तर जो साँच्‍चै नै विधवा हुन्‌, र तिनको कोही छैन भने, तिनले परमेश्‍वरको आशा राख्‍तछिन्‌, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्‍छिन्‌।  तर यदि तिनी सुख-विलासमा मस्‍त रहन्‍छिन्‌ भनेता तिनी जिउँदै मरेकी तुल्‍य हुन्‌। तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्‌।यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ। साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।  साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्‍कार गरेकी, सन्‍तहरूका खुट्टा धोएकी, दु:खीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्‍यान दिएकी साबित हुनुपर्छ।तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्‍टबाट टाढ़ा लान्‍छ, तब तिनीहरूले विवाह गर्ने इच्‍छा गर्छन्‌।यसरी आफ्‍नो पहिलो करार भङ्ग गरेको कारण तिनीहरू दण्‍डमा पर्छन्‌।त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌।  यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्‌, छोरा-छोरीहरू पाऊन्‌, घरबार सँभालून्‌, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु, किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्‌।  यदि विश्‍वासी स्‍त्रीका कोही आफन्‍तहरू विधवा छन्‌ भने तिनले उनीहरूलाई सघाऊन्‌, र मण्‍डलीमाथि कुनै बोझ नपरोस्‌, र मण्‍डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्‌।

Comments