मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

#आजको_वचन।
#१तिमोथी३:१४-१६
#परमेश्वरको_मण्डली_जहाँ_मानिसहरु_रहन्छन् ।

  तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्‍तछु,ताकि कतै म ढिलाएँ भने पनि परमेश्‍वरको घराना, जो जीवित परमेश्‍वरको मण्‍डली हो र सत्‍यको खामो र आड़ हो, त्‍यहाँ कसरी चल्‍नुपर्छ सो तिमीले जानिराख। हामी स्‍वीकार गर्दछौं, कि हाम्रो विश्‍वासको रहस्‍य अति महान्‌ छ: उहाँ स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो, पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो, स्‍वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।

Comments