मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

कयिनको श्रीमती को थिए ?


#कयिन_को_श्रीमती_को_थिए?
=> बाइबलमा कतै पनि उल्लेख गरेको छैन कयिनको श्रीमती को हो भनेर ।
कयिन को थिए त?
-> आदमको दुइटा छोरा थिए । कयिन पनि एउटा छोरा थिए  जसले आफ्नै भाइ हाबिललाई हत्या गरेकाछन किनभने हाबिलको भेटी परमेश्वरले ग्रहण गर्नुभयो तर कयिनको भेटी परमेश्वरले ग्रहण गर्नुभएन किनकि कयिन ले केही भागमात्र परमेश्वरलाई चढाए।(उत्त्पति४:१-८)
यसपछी कयिन भागेर नोद भन्ने ठाउँमा गए नोद को अर्थ "घुम्ने "हो।(उत्त्पति४:१६)
यो बिशेष गरि १६ पदमा हेर्ने हो भने कयिन परमेश्वरको उपस्थितिबाट भागेको छ र जसले जे पनि गर्न सक्छ।आज संसारको मानिसको प्रश्ननको उत्तर म दिन चाहन्छु कयिनको श्रीमती को थिए ??
=> कयिनको श्रीमती आदमको अरु छोरी थिए किनभने परमेश्वरको उपस्थितिबाट भागेको डुलुवाले आफ्नो लागि श्रीमती जे पनि गरेर ल्याउछ त्यो समयमा व्यवस्था र अनुग्रह थिएन पछि प्रस्थानको पुस्तकमा मात्र मोशालाई परमेश्वरले सिनै पर्वतमा दश आज्ञा दिएको किनकी इस्राएलमा पाप धेरै बढेकोले नियन्त्रण गर्न दिएको हो।
आदमको अरु छोराछोरी थिए(उत्त्पति ५:४)
अब त उत्तर पाउनुभयो होला ढुक्क भएर मुख तोड जवाफ दिनुस् ।

#रवि_श्रेष्ठ।

Comments