मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

आजको वचन। २तिमोथी २:१४-२६ झुटा संग कसरी कार्य गर्ने। यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्‌, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।   शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर। भक्तिहीन बकबक त्‍याग, किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचित सइनको घाउजस्‍तो गाडिँदैजानेछ। तिनीहरूमध्‍ये हुमेनियस र फिलेतस हुन्‌। पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।तर परमेश्‍वरको दृढ़ जग खड़ै रहन्‍छ, र त्‍यसमा यो छाप लागेको छ, “प्रभुले आफ्‍ना जतिलाई चिन्‍नुहुन्‍छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्‌।”ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्‌, तर काठ र माटोका पनि हुन्‍छन्‌, कुनै आदर र कुनै अनादरका निम्‍ति।जे कुरो अनादरको छ, यदि कसैले त्‍यसबाट आफूलाई शुद्ध पार्‍यो भने त्‍यो आदरका कामको लागि एउटा पात्र बन्‍नेछ, र घरका मालिकको निम्‍ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्‍ति तयार रहनेछ।यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख। तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्‍कार गर– तिमी जान्‍दछौ यिनीहरूबाट झगड़ा हुन्‍छ।प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्‍य शिक्षक, सहनशील,र नम्रतासाथ आफ्‍ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने, सत्‍यतालाई बुझ्‍ने मन दिनुहुनेछ,र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्‍कनेछन्‌, जसले तिनीहरूलाई त्‍यसको इच्‍छाअनुसार चल्‍नलाई कैदी बनाएको छ।





Comments