मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।


 आजको वचन।
तीतस १:५-९
एल्डर मा हुनुपर्ने गुण।

यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्‍यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्‍डरहरू नियुक्त गर्नू।
  एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्‌, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्‌, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌।किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्‌, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।





Comments