मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।



आजको वचन।
तीतस २:१-४
तीतसले सिकाउनु पर्ने वृद्ध सम्बन्धि शिक्षा।
  वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।


यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌। तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्‌, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।







Comments