मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

#आजको_वचन।#२तिमोथी३:१-९#आखिरी_दिनहरूमा_डरलाग्‍दा_समयहरू_आउनेछन्‌। तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌।जुन स्‍त्रीहरू सिक्‍न त सधैँ सिक्‍छन्‌, तर सत्‍यको ज्ञानमा कहिल्‍यै आउन सक्‍दैनन्‌।यान्‍नेस र याम्‍ब्रेसले मोशाको विरोध गरेजस्‍तै, यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्‌। यी मानिसहरू भ्रष्‍ट दिमागका र नक्‍कली विश्‍वासका हुन्‍छन्‌।तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्‌, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।

Comments