मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

I LOVE YOU (आई लभ यू)

#आई लभ यु
आई लभ यु भन्न हामी सबैलाई धेरै सजिलो हुन्छ प्रीय मित्रहरू ।यसो बिचार गरौं त हामीले भनेको जसरी ख्रीष्टको हृदयले के आज हामीले हाम्रो परमेश्वरको जन लगायत अरु मानिसलाई हामीले ख्रीष्टको मनले प्रेम गरेका छौँ त ,कतै हामी पनि देखसिकी र देखावटी प्रेममा फसिरहेको त छैन एकछिन बिचार गर्नुस् र त्यो ख्रीष्टको कलवरीको प्रेम लाई सम्झनुस र आज देखि सबैलाई ख्रीष्टको प्रेमले प्रेम गर्नुस्।त्यतिमात्र होइन कसैलाई खाचो परेको बेला त्यो प्रेम गर्नुस् आफू संग जे छ त्यहि दिएर ख्रीष्टको प्रेमले सेवा गर्नुस् ।परमेश्वरले सम्पूर्णलाई आशिष,अनुग्रह र सुरक्षा देउन मेरो प्रार्थना यहि छ।

Comments