मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

Neymar.Jr (नेउमार)

"यसैले नडरा, किनकि म तँसित छु । निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्‍नेछु" (यशैया ४१:१०) आमेन।
क्वार्टर-फाइनलमा बेल्जियमसित पराजित भएपछि नेउमारले ६ करोड १० लाखभन्दा बेसी फ्यान भइसकेको आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन्: नेउमारले यसरी बताएको छ:-
"यो मेरो जीवनकै सबैभन्दा निराश क्षण हो भनी म भन्न सक्छु । दर्द सहन नसकिने छ, किनकि हामी त्यहाँ पुग्नेथियौँ भनी हामीलाई थाहा थियो । हामी अगाडि गई इतिहास रच्नेथियौँ भनी हामीलाई थाहा थियो । ... तर यस पटक यो भएन । फेरि फुटबल खेल्न फर्केर जाने चाहनाको लागि शक्ति पाउन गार्‍हो भएको छ, तर कुनै पनि कुरोको सामना गर्न परमेश्वरले मलाई शक्ति दिनुहुने छ भनी म निश्चित छु । त्यसकारण, म परमेश्वरलाई धन्यवाद दिन कहिल्यै रोकिन्नँ, चाहे पराजित हुँदा पनि किन नहोस् । ... किनकि तपाईंको बाटो मेरो बाटोभन्दा ज्यादै राम्रो छ भनी मलाई थाहा छ ।"
Source:-
https://www.facebook.com/neymarjr/photos/a.353565318012491.71553.148456285190063/1847266708642337/?type=3&theater

Comments