मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

पवित्र आत्मा।

पवित्रआत्मा के हो?
 ->पवित्रआत्मा परमेश्वर हुनुहुन्छ ।
 ->पवित्रआत्मा ईश्वरत्व हुनुहुन्छ ।
 ->पवित्र आत्मा एउटा व्यक्ति हुनुहुन्छ जुन त्रीयकत्वको एक भाग हो। 

आत्माहरु धेरै छन तर पवित्रआत्मा एउटै मात्र छन।पवित्र आत्मा शरीर होइन। पवित्र आत्माले मुख्य भुमिका खेल्छ (१)व्यक्तिगत मुक्तिको निम्ति (२)मण्डली निर्माणको निम्ति (३)सुसमाचारको निम्ति। पुरानो मण्डली युगमा पवित्रआत्माले ठुलो भुमिका खेलेको छन। येशू ख्रीष्टको जिवनमा र सेवाकाईमा पवित्रआत्मा ले ठुलो भुमिका खेलेको छ। आज हामीलाई पनि पवित्रआत्माको धेरै आवश्यकता छ किन कि गवही र साक्षी ख्रीष्टको हुनलाई । #अन्त्यमा पवित्रआत्मा कुनै पनि बल होईन न त यो एउटा बस्तु नै हो,यसलाई जथाभावी दुरुपयोग गर्नुहुन्न,आफुलाई जता मन लाग्यो त्यता चलाउनुहुन्न।आफुले पवित्रआत्मालाई नियन्त्रण गर्ने होईन कि पवित्रआत्माले चाहिँ हाम्रो जीवन परमेश्वरको वचन अनुसार नियन्त्रण गर्नुपर्छ। #पवित्रआत्मा को चिन्न भनेको जीवन परिवर्तन हो। अरुको लै लै मा लागेर पवित्रआत्मालाई कहिले पनि दुरुपयोग नगर्नुहोला। पवित्रआत्माले फल फलाउछ ,लड्ने ,पछार्ने,भुटुक्कै हुने,चिचाउने,रुने,होहल्ला गर्ने,बोलाहा जस्तो व्यवहार गर्न कहिले पनि पवित्रआत्मा सिकाउदैन। गलाती५:२२-२३ पवित्रआत्माको फल फलाउन सहायता गर्छ । #रवि_श्रेष्ठ।

Comments