मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

आजको वचन।  
हिब्रू ८:८-१३ 
# येशू ख्रीष्टले पुरानो करारलाई नयाँ करारमा परिवर्तन गर्नुभयो। 
 किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्‍नुहुन्‍छ, “परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउनेछन्‌, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ। परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरू मेरो करारमा स्‍थिर भई बसेनन्‌, यसैले मैले तिनीहरूको वास्‍ता गरिनँ। परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌।  ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌।   किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”  यस करारलाई “नयाँ” भन्‍नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्‍याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ।

Comments