मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन।

#आजको_वचन।
#हिब्रू१०:५-१८
#पापको_निम्ति_कुनै_बलि_छैन।
यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ।  होमबलि र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुहुन्‍न।तब मैले भने, ‘हेर्नुहोस्‌, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।”पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।)
  अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्‌, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु। “ दोस्रोलाई स्‍थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्‍छ। त्‍यही इच्‍छाबाट येशू ख्रीष्‍टका शरीरको बलिद्वारा सदाको निम्‍ति हामी पवित्र बनाइएका छौं।हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन। तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।  र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ।किनकि एउटै बलिद्वारा जो पवित्र तुल्‍याइँदैछन्‌, तिनीहरूलाई उहाँले सदाको निम्‍ति सिद्ध बनाउनुभएको छ।पवित्र आत्‍माले पनि हामीलाई गवाही दिनुहुन्‍छ। पहिला उहाँ भन्‍नुहुन्‍छ, “ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।”
 तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।”अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन।

Comments