मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

नेइम कोइर झुन्ड अगुवाई गर्ने अर्पण तामाङ स्वर्गीय पिताको घरमा



#नेइम_क्वायर_झुण्डका_अर्पण_तामाङ_स्वर्गीय_पिताको_घरमा

राजविराज : तीब्र गतिमा गुडिरहेको ट्रक र मोटरसाइकल जुध्दा आइतबार सप्तरीमा मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको छ। झापाको धुलाबारीस्थित चर्चको कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किरहेको क्रिश्चियन धर्मावलम्बीको मोटरसाइकल टोलीमध्ये बा ५० प ६००० नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापा मेची नगरपालिका ६ बस्ने ३४ वर्षीय अर्पण तामाङ्ग र पछाडि सवार २८ वर्षीय अल्केश थापा रहेको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए। चर्चको कार्यक्रम सकेर १८ जना युवा नौवटा मोटरसाइकलमा धुलाबारीबाट बिहान काठमाडौंका लागि प्रस्थान गरेका थिए। उक्त मोटरसाइकललाई पूर्वतर्फ जाँदै गरेको ना.२ख ३००१ नम्बरको ट्रकले ठक्‍कर दिएको हो।
#साभार :अन्नपूर्णपोस्ट।

झापाको धुलाबारीस्थित चर्चको कार्यक्रम सकेर १८ जना ९ वटा मोटरसाइकलमा काठमाडौं फर्कने क्रममा २ ख्रीष्टियन युवाको मृत्यु भएको छ । जसमा नेइम चर्च कालोपुलमा ३४ बर्षिय युवा अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का २८ बर्षिय अल्केश थापा अस्पताल ल्याउदै गर्दा बाटोमा  मृत्यु भएको जानकारी प्राप्त भएको छ । अर्पण तामाङ नेइम चर्च कालोपुलका क्यायर झुण्ड अगुवाई दिर्दै आइरहनु भएको थियो । उहाँका श्रीमती मेरी तामाङ र एक सानो छोरा रहेका छन् । उहाले अगुवाइ गर्नुभएको भिडियो लिकमा हेर्नुहोस् । 
https://www.youtube.com/watch?v=Pyd9nUyMdow

#बा५०प६००० नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तर्गत एक  मन्दिर नजिकै दुर्घटना थियो । उहाँको परिवारको निम्ति प्रार्थना गरिदियौं  ।


Comments