मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन ।

#आजको_वचन।
#हिब्रू११:८-१९
#अब्राहम_र_साराको_विश्वास।
विश्‍वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्‍यो उनलाई थाहा थिएन।विश्‍वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्‍तै तम्‍बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए।किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउने र निर्माण गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ।विश्‍वासैद्वारा साराले पनि आफ्‍नो उमेर ढल्‍किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्‍त गरिन्‌। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्‍वासयोग्‍य ठानेकी थिइन्‌।यसैकारण मरेतुल्‍य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्‍य र समुद्रका किनारका अनगिन्‍ती बालुवाका कण जत्तिकै सन्‍तान उत्‍पन्‍न भए।प्रतिज्ञा गरिएको कुरा प्राप्‍त नगरी यिनीहरू सबै विश्‍वासैमा मरे, तर टाढ़ैबाट त्‍यसलाई देखेर स्‍वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्‍वीमा परदेशी र प्रवासी थिए।
यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन्‌ भन्‍ने कुरा प्रष्‍ट हुन्‍छ। जुन देशबाट तिनीहरू निस्‍केर गएका थिए, यदि तिनीहरूले त्‍यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्‍ने थियो।तर तिनीहरू अझ उत्तम देश, अर्थात्‌ एक स्‍वर्गीय देशको इच्‍छा गर्छन्‌। यसैकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर भनी पुकारिनु शर्माउनुहुन्‍न, किनभने उहाँले तिनीहरूका निम्‍ति एउटा सहर तयार पारिदिनुभएको छ।विश्‍वासद्वारा आफ्‍नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्‍नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए। यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्‍तानको नाउँ रहनेछ।”परमेश्‍वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्‍नुहुन्‍छ भन्‍ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए।

Comments