मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वर_मा_अनज्ञाकारी_भएर_फल_खाए_र_पाप_गरेको_कारणले_गर्दा_आदम_र_हब्बा_परमेश्वरबाट_लुक्न_बाध्य_भए

#आजको_वचन।

#उत्त्पति३:८-१३

#परमेश्वर_मा_अनज्ञाकारी_भएर_फल_खाए_र_पाप_गरेको_कारणले_गर्दा_आदम_र_हब्बा_परमेश्वरबाट_लुक्न_बाध्य_भए।

#शिक्षा:आज तपाई र मैले गरेको पापले हामीले आफै स्वीकार गर्दैनौं भने हामी पनि आदम र हब्बा जस्तै गरि परमेश्वरको उपस्थितबाट लुक्नु पर्छ।बाइबलले भन्द्छ आफ्न पाप लुकाउने को कहिले पनि उन्नति हुदैन जसरी आदम र हब्बाले परमेश्वरलाई छल गरेको कारण श्राप पाउनुपर्यो।परमेश्वर चाहनु हुन्थ्यो आदम र हब्बाको पाप माफ गर्न तर तिनीहरु आफैले एउटा ले अर्कोलाई र अर्कोले एउटालाई दोष देखाए।आज हामीले धेरै पाप गर्दै गयो भने हामी नि एकले अर्कालाई दोष देखाउदै जान्छौं र सैतानले मौका छोपेर आदम र हब्बालाई जसरी हामीलाई पनि परमेश्वरको उपस्थितबाट लुक्न र नर्ग जान बाध्य बनाउछ।
#१यूहन्ना१:९ ले भन्दछ(यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ)।हामीले हाम्रो अनगिन्ती पापहरुलाई आज नै स्वीकार गिर परमेश्वरबाट माफी पाई उहाँको उपस्थित मा रमाउदै स्वर्ग जाउ।
अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
  तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?” उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।” अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌।” स्‍त्रीले भनिन्‌, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”

#तयारी:#रविश्रेष्ठ।

Comments