मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले कयिनको भेटी ग्रहण गर्नुभएन तर हाबिलको भेटी ग्रहण गर्नुभयो।

#आजको_वचन।
#उत्त्पति४:१-५
#परमेश्वरले_कयिनको_भेटी_ग्रहण_गर्नुभएन_तर_हाबिलको_भेटी_ग्रहण_गर्नुभयो।
-हाबिलले परमेश्वरलाई विश्वास गरेका थिए।
#हिब्रू११:४-विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌।
-कयिनले परमेश्वरको बारे दुष्ट कुरा सोच्थे।
#१यूहन्ना३:१२-कयिनजस्‍तो नहोओ, जो शैतानको थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्‍माइन्‌, र भनिन्‌, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।”फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए।तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले जन्‍मेका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र तिनको मुख अँध्‍यारो भयो।
शिक्षा: हामी परमेश्वर मा भरोसा र विश्वासका साथ कुनै पनि कुरा लैजादैनौ भने उहाँले केही पनि ग्रहण गर्नुहुन्न जसरी कयिनले बिना विश्वास केही चिज मात्र लगेको थियोे।
#तयारी:#रविश्रेष्ठ।

Comments