मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले कयिन जस्तो पापीलाई पनि बचाउनु भयो र बच्नको लागि एउटा चिन्ह दिनुभयो।

#आजको_वचन।
#उत्त्पति४:९-१५
#परमेश्वरले_कयिन_जस्तो_पापीलाई_पनि_बचाउनु_भयो_र_बच्नको_लागि_एउटा_चिन्ह_दिनुभयो।
तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्‌, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो।तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।”कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो।हेर्नुहोस्‌, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो।
#शिक्षा:परमेश्वरले चाहनुहुन्थ्यो कयिनले आफ्नै भाई हाबिललाई मारेको मा पछुतो गरेको होस् र माफी मागेको होस् भनेर तर पनि पछुतो पनि गर्दै गरेनन् र माफी पनि माग्दै मागेन।पापले मानिसहरुलाई यस्तै बनाएर छोड्छ तसर्थ आज बाट नै पाप गर्न छोड्नुहोस र ख्रीष्टको चरणमा जानुहोस जहाँ मुक्तिको धारा बग्ने काम गर्द्छ।
#तयारी:रविश्रेष्ठ।

Comments