मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

पापले गर्दा कयिन परमेश्वरको उपस्थितबाट भागे।

#आजको वचन।

#उत्त्पति४:१६
#पापले_गर्दा_कयिन_परमेश्वरको_उपस्थितबाट_भागे।
तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद* भन्‍ने देशमा बस्‍न लागे।
#शिक्षा:आज हामीले पनि पाप गरेकाछौ भने चाडै पश्च्ताप गरौँ र स्वीकार गरौं नत्र कयिन जस्तै पापको स्वीकार नगरी अन्त्यमा परमेश्वरको उपस्थितबाट भाग्न हामी बाध्य हुन्छौं।आज देखि नै पापको पश्च्ताप गरौं र ख्रीष्टको उपस्थित मा बसौं।
#तयारी:#रविश्रेष्ठ।

Comments