मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले शेत दिनुभयो। शेतको अर्थ दिनु हो।

आजको वचन।
उत्त्पति४:२५-२६
परमेश्वरले शेत दिनुभयो।
शेतको अर्थ दिनु हो।
शेत र एनोशको पालो देखि मानिसहरुले परमेश्वरसंग बातचित गर्न शुरु गरे।
फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एउटा छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्‌, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एउटा अर्को बालक मलाई दिनुभयो।”शेतको पनि एउटा छोरो भयो, र तिनको नाउँ एनोश राखियो। त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।
शिक्षा:हामीले दैनिक परमेश्वरसंग समय बिताउनुपर्छ,प्रार्थना गर्नुपर्छ र उहाँको सङ्गती मा रहनुपर्छ।
तयारी:रविश्रेष्ठ।

Comments