मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले नोआलाई बचाउन निर्णय गर्नुभयो।

आजको वचन।
उत्त्पति६:९-१९
परमेश्वरले नोआलाई बचाउन निर्णय गर्नुभयो।
नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे।
नोआले तीन जना छोराहरू जन्‍माए– शेम, हाम र येपेत।
परमेश्‍वरको दृष्‍टिमा पृथ्‍वी भ्रष्‍ट भएको र उपद्रवले भरिएको थियो।जब परमेश्‍वरले पृथ्‍वीमाथि दृष्‍टि गर्नुभयो तब त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो, किनकि पृथ्‍वीमा भएका सबै मानिसहरूले आफ्‍ना चालचलन भ्रष्‍ट पारिसकेका थिए।यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “सबै मानिसहरूको अन्‍त्‍य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्‍वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्‍वीसमेत नाश गर्नेछु। तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्‍यसलाई भित्र-बाहिर अलकत्राले लिप्‍नु।  तैंले त्‍यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्‌।जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू।जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु, र पृथ्‍वीमा भएको हरेक प्राणी मर्नेछ।तर तँसँग चाहिँ म आफ्‍नो करार स्‍थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्‍नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्‌।सबै जीवित प्राणीमध्‍ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्‌।पन्क्षीहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूहरूमध्‍ये जात-जातअनुसार– सबै थरीका दुई वटा– तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्‌।
हरेक किसिमका आहारा पनि तैंले आफ्‍नो साथमा जम्‍मा गरेर राख्‍नू। ती तेरो र तिनीहरूका निम्‍ति आहार हुनेछन्‌।”
परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
शिक्षा:सबै मानिसहरु दुष्ट भए नि तपाई र हामी असल मार्गमा हिंड्नुपर्छ र आज्ञाकारी भएर स्वर्ग जानुपर्छ।

Comments