मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

नेफिलीम को हो? परमेश्वरका छोराहरु को हुन् ?

#आजको_वचन।
#उत्त्पति६:१-८
#हरेक_मानिसहरु_धेरै_दुष्ट_थिए।
#१२० वर्ष: मानिसहरुको उमेर जम्मा १२० वर्ष हुनेछ।
१२० वर्ष पछि परमेश्वरले मानिसहरुलाई न्याय गर्न जल प्रलय ल्याउनु हुनेछ। न भन्दै नोआ को पालोमा जल प्रलय भयो।
#नोट:-
#परमेश्वरका_छोरा:पतित स्वर्गदूत हुन् ।(२ पत्रुस २:४) अनुसार 
स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।
शेतको सन्तान जसले दुष्ट कयिनको सन्तानलाई बिबाह गरेको थियोे।
#अय्यूब१:६-एक दिन स्‍वर्गीय दूतहरू* परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान* पनि तिनीहरूसँग आयो।
स्वर्गीय दूतहरु हिब्रू मा परमेश्वरका छोराहरु हुन् ।
#नेफिलीमहरु:राक्षस,दैत्य,बिशाल हुन् तिनीहरु दुष्ट बाटोमा बसोबास गरेका थिए।नेफिलीम भनेको अरुबाट खसेको(पतित) हो।(इजकिएल३२:२७-के तिनीहरू ती अरू बेखतना भएका योद्धाहरूसित पड़िरहँदैनन्‌, जुन योद्धाहरू लोटेका छन्‌, र आ-आफ्‍ना लड़ाइँका हतियारका साथ चिहानमा गएका छन्‌, र जसका तरवारहरू आ-आफ्‍नो टाउको मुनि राखिएका छन्‌? ती योद्धाहरूले जीवितहरूको देशमा त्रास फैलाए तापनि तिनीहरूका पापको दण्‍ड तिनीहरूकै हड्डीमा परेको छ।
#नेफिलीम: #गन्ती१३:३३-
त्‍यहाँ हामीले नेफिलीमहरू देख्‍यौं, जसबाट अनाकका सन्‍तान आएका छन्‌। उनीहरूका सामु त हामी आफैलाई फटेङ्‌ग्राजस्‍तै लाग्‍यो। तिनीहरूका नजरमा हामीहरू त्‍यस्‍तै देखिन्‍थ्‍यौं।”
जब मानिसहरूको संख्‍या पृथ्‍वीमा बढ्‌दैगयो र तिनीहरूका छोरीहरू जन्‍मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आफ्‍ना-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए। तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो। पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु– के मानिस, के घस्रने जन्‍तु, के आकाशका पन्क्षी सबैलाई– किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
#शिक्षा: हाम्रो दुष्ट चालहरु बाट हामी नि चाडै फर्कनुपर्छ।पाप धेरै गर्यो भने परमेश्वरले सबै मानिसलाई छोडी दिनुहुन्छ जस्तै परमेश्वरले आफुले बनाउनुभएको मानिसलाई देखेर अफसोस गर्नुभयो त्यो कारण हो ती हरेक दुष्ट र धेरै पाप गर्न थाले।
आफ्नो पापको तुरुन्तै पस्चाताप गरौँ र ख्रीष्ट येशूको मार्ग मा हिड्ने काम गरौँ।
#तयारी:#रविश्रेष्ठ।

Comments