मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

अब्राहमको यात्रा कनान सम्म।

अब्राहमको यात्रा कनान सम्म।

#आजको_वचन।
#उत्त्पति:१२:४-९
#अब्राहमको_यात्रा_कनान_सम्म।
यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्‍केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।अब्राम, तिनकी पत्‍नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्‍मा गरेका सबै धन-सम्‍पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्‍के, अनि त्‍यहाँ पुगे।अब्राम त्‍यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्‍म पुगे। त्‍यस बेला त्‍यस ठाउँमा कनानीहरू बस्‍थे।परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म तेरा सन्‍तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्‍ति तिनले त्‍यहाँ एउटा वेदी बनाए। त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।
#शिक्षा:परमेश्वर मा आज्ञाकारी भएर जिउनु आवश्यक छ।हाम्रो सारा जीवन भरी नै परमेश्वरको आराधना गर्नुपर्छ।परमेश्वरले जुन ठाउँ मा जा भन्नुहुन्छ त्यही ठाउँमा जान तयार हुनुपर्छ र सेवाकाई गर्नुपर्छ।

Comments