मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

अब्राहमको यात्रा मिश्र सम्म।

#आजको_वचन।
#उत्त्पति:१२:१०-२०
#अब्राहमको_यात्रा_मिश्र_सम्म।

अनि त्‍यस देशमा अनिकाल पर्‍यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए।

 तिनी मिश्रमा पस्‍नै लाग्‍दा तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्‍दरी छ्यौ भन्‍ने मलाई थाहा छ।

जब मिश्रीहरूले तिमीलाई देख्‍छन्‌, ‘यो त त्‍यसकी पत्‍नी रहिछ’ भन्‍नेछन्‌। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्‍नेछन्‌।‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ।”

जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्‍यस स्‍त्रीलाई अत्‍यन्‍त सुन्‍दरी रहिछन्‌ भनी देखे।अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे।तिनको खातिर फारोले अब्रामसँग राम्रो व्‍यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्‍तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।तर परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।

  यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्‍यौ? तिनी तिम्री पत्‍नी हुन्‌ भनेर तिमीले मलाई किन भनेनौ?'तिनी मेरी बहिनी हुन्‌,’ भनेर तिमीले किन भन्‍यौ? यसैले मैले तिनलाई मेरी पत्‍नी तुल्‍याउन लगेको हुँ। अब हेर, तिम्री पत्‍नी यहीँ छिन्‌। तिनलाई लिएर जाऊ।”अनि फारोले आफ्‍ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।

#शिक्षा:अब्राहम ले जे गरे त्यो सरासर गलत नै गरेका छन।आफुलाई सुरक्षीत राख्न आफ्नो श्रीमतीलाई बहिनी भनेर झुट बोल्ने गरेका छन् ।हामीले आफुलाई सुरक्षीत राख्न अरु लाई खतरामा पार्नु हुन्न।परमेश्वरले न जा भनेको ठाउँमा कहिले जानू हुन्न।अनाज्ञाकारी होइन हामी आज्ञाकारी भएर जिउनुपर्छ।

Comments