मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

पाच राजाको विरुद्ध चार राजाको झगडा।

#आजको_वचन।
#उत्त्पति:१४:१-१२
#पाच_राजाको_विरुद्ध_चार_राजाको_झगडा।

यसै समयमा शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदाललेसदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात्‌ सोअरका) राजाका विरुद्धमा युद्ध गरे।तिनीहरू सबै सिद्दीम, अर्थात्‌ खारा समुद्रको* बेँसीमा जम्‍मा भए।बाह्र वर्षसम्‍म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्‍तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्‍म अधीन गराए।त्‍यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात्‌ कादेशमा)आएर अमालेकीहरूको जम्‍मै देशलाई र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पनि अधीन गराए।तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात्‌ सोअरका) राजाहरू निस्‍केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्‍मा भए।एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्‍दाभाग्‍दै तिनीहरूका कोही मानिसहरू त्‍यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।ती चार राजाहरूले सदोम र गमोराका जम्‍मै मालसामान र खानेकुरा लिएर आफ्‍नो बाटो लागे।उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।

#४ वटा राजा पूर्ब कनानबाट आएका थिए जहाँ लोतले जग्गा छानेका थिए।(उत्त्पति१३:११)
५ वटा राजाले सिद्दीममा राज्य गर्थे।
कदोर्लाओमेरले ३ वटा राज संग सहमति गरेका थिए कर तिर्न। ५ वटा राजाले कर तिर्न बिरोध गरे।
४ राजा आए धेरै ठाउँ कब्जा गर्न,५ राजाको मालसामान खोस्न।
होरीहरू=यो एउटा कुल हो।
#एमोरी=(उत्त्पति१०:१६)
#शिक्षा:झगडा गर्नुहुन्न बरु शान्ति मा बस्नुपर्छ।अरुलाई लूटनु हुन्न।परमेश्वरले दिएको ठाउँ नै रोज्नुपर्छ।आफुलाई जहाँ मन लाग्छ त्यही होइन।परमेश्वरको इच्छा पालान गर्नुपर्छ आफ्नो होइन।

Comments