मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

साराई र साराईको दासी हागार।

आजको वचन।
उत्त्पति१६:१-६
साराई र उनको दासी हागार।
आफ्‍नी पत्‍नी साराईबाट अब्रामको कोही सन्‍तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एक मिश्री कमारी थिई।
साराईले अब्रामलाई भनिन्‌, “हेर्नुहोस्‌, परमप्रभुले मेरो कोख बन्‍द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्‌। शायद त्‍यसबाट मेरो निम्‍ति सन्‍तान हुन सक्‍छ।” अब्रामले साराईको कुरा माने।अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।अनि तिनी हागारकहाँ गए, र त्‍यो गर्भवती भई। जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी मालिक्‍नीलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी।साराईले अब्रामलाई भनिन्‌, “ममाथिको अन्‍याय तपाईंकै शिरमाथि परोस्‌। मैले आफ्‍नी कमारी तपाईंकै काखमा दिएँ, र त्‍यो गर्भवती हुने बित्तिकै मलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्‍साफ गरिदिऊन्‌।”
तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्‍यसलाई जे गर्न मन लाग्‍छ त्‍यही गर।” तब साराईले त्‍यससित कठोर व्‍यवहार गर्न लागिन्‌, र त्‍यो तिनको सामुन्‍नेबाट भागेर गई।
शिक्षा:बहुबिबाह गर्नु हुन्न,यो परमेश्वरको नजरमा ठुलो पाप हो।आफ्नो श्रीमतीलाई छोडेर अरुको मा जानू हुन्न यो ठुलो पाप हो।बिबाह भन्दा अघि अनैतिक योन सम्बन्ध राख्नु हुन्न यो नि ठुलो पाप हो।

Comments