मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले हागारलाई उद्दार गर्नुभयो।

#आजको_वचन।
#उत्त्पति१६:७-१६
#परमेश्वरले_हागारलाई_उद्दार_गर्नुभयो।
परमप्रभुका दूतले त्‍यसलाई उजाड़-स्‍थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए।र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस्‌ र कता जाँदैछेस्‌?” त्‍यसले भनी, “मेरी मालिक्‍नी साराईको सामुन्‍नेबाट भाग्‍दैछु।”परमप्रभुका दूतले त्‍यसलाई भने, “तेरी मालिक्‍नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।” परमप्रभुका दूतले फेरि त्‍यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्‍यो धेरै भएकोले गन्‍न सकिनेछैन।” परमप्रभुका दूतले त्‍यसलाई भने, “तँ गर्भवती छेस्‌, र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌। तैंले त्‍यसको नाउँ इश्‍माएल* राख्‍नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।
 मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ। त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ, र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌। आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।” हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्‍तो नाउँ दिई, “मलाई देख्‍नुहुने परमेश्‍वर तपाईं हुनुहुन्‍छ।” किनभने त्‍यसले भनी, “मैले साँच्‍ची नै परमेश्‍वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।अनि हागारले अब्रामको एउटा छोरो जन्‍माई। हागारले जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्रामले इश्‍माएल राखे। हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।
#एलरोई= परमेश्वर जसले मलाई देख्नुहुन्छ।
#परमप्रभुको दुत=परमेश्वर आफै।
#इश्माएल=परमेश्वरले सुन्नुहुन्छ।
#शिक्षा:हाम्रो दुखकष्ट मा परमेश्वर सधैं हाम्रो साथमा भएर काम गर्नुहुन्छ,हामीलाई कहिले पनि छोड्नुहुन्न र त्याग्नुहुन्न।हामीले उहाँलाई पुकार गर्नुपर्छ उहाँले हाम्रो अप्ठ्यारो परिस्थिति मा मद्दत गर्न चाहनुहुन्छ।

Comments