मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

प्रभु येशू ख्रीष्टलाई मात्र साचो विश्वास गर्नुपर्छ।हाम्रो काम र कर्मले हामीलाई कहिले पनि मुक्ति दिदैन।

#आजको_वचन।
#उत्त्पति१७:१-१४
#परमेश्वरले_अब्राहमसंग_करार_पक्का_गर्नुभयो।
जब अब्राम उनान्‍सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। मेरो सामु हिँड्‌, र निर्दोष भएर बस्‌। मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।”
तब अब्राम घोप्‍टो परे, र परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो,
“हेर्‌, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌।अब उप्रान्‍त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम* हुनेछ, किनकि मैले तँलाई असंख्‍य जातिसमूहको पिता तुल्‍याएको छु। म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌।
तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु।तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।”अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ– तँ र तँपछिका तेरा सन्‍तानहरूले तिनका पुस्‍तौँसम्‍म।मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुष-जातिको खतना हुनुपर्छ।तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ।
तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्‌, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्‌, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌।चाहे तेरो घरमा जन्‍मेको होस्‌ वा दाम हालेर किनेको होस्‌ जसको खलड़ीको खतना भएको छैन, त्‍यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्‍तुसम्‍म हुनेछ।खतना नगरिएको जुनसुकै पुरुष-जाति जसको खलड़ीको खतना भएको छैन, त्‍यो मानिस आफ्‍नो जातिबाट बहिष्‍कार गरिनेछ। त्‍यसले मेरो करार भङ्ग गर्छ।”
#अब्राहाम=राष्ट्रका पिता।
#खतना चाहिँ एउटा परमेश्वरको जाति हो भनेर चिन्न को निम्ति थियो।परमेश्वरको छोराहरुले अब खतना गर्नुपर्दैन।

#गलाती५:६
ख्रीष्‍ट येशूमा न त खतना केही मूल्‍यको न बेखतना केही मूल्‍यको हुन्‍छ। तर एउटै कुराको मात्र मूल्‍य छ, अनि त्‍यो हो– प्रेमद्वारा काम गर्ने विश्‍वास।

#गलाती६:१५-
न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्‍टि नै सब थोक हो।
प्रभु येशू ख्रीष्टले शरिरिक खतना चाहनु हुदैन उहाँले साचो हृदयको खतना (आत्माको खतना)चाहनुहुन्छ।

#रोमी२:२८-२९बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन।यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।
#शिक्षा:मुक्ति पाउन हामीले शरिरिक खतना गर्नुपर्दैन।हामीले प्रभु येशू ख्रीष्टलाई मात्र साचो विश्वास गर्नुपर्छ।हाम्रो काम र कर्मले हामीलाई कहिले पनि मुक्ति दिदैन।

Comments