मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले अब्राहमलाई छोरा दिने प्रतिज्ञा गर्नुभयो।

आजको वचन।
#उत्त्पति१७:१५-२२
परमेश्वरले अब्राहमलाई छोरा दिने प्रतिज्ञा गर्नुभयो।
फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ सारा हुनेछ।म त्‍यसलाई आशिष्‌ दिनेछु, र निश्‍चय नै त्‍यसबाट म तँलाई एउटा छोरो दिनेछु। म त्‍यसलाई आशिष्‌ दिनेछु, र त्‍यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्‍यसबाट उत्‍पन्‍न हुनेछन्‌।”तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्‍तान होला? नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?”अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्‍माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्‍छ।” तब परमेश्‍वरले भन्‍नुभयो, “हो, तर तेरी पत्‍नी साराले नै तेरो लागि एउटा छोरा जन्‍माउनेछे, र तैंले त्‍यसको नाउँ इसहाक* राख्‍नेछस्‌। म त्‍यससित र त्‍यसपछि हुने त्‍यसका सन्‍तानसित आफ्‍नो करार स्‍थापित गर्नेछु।अनि इश्‍माएलको विषयमा चाहिँ मैले तेरो बिन्‍ती सुनें। हेर्‌, म त्‍यसलाई आशिष्‌ दिनेछु, र म त्‍यसलाई फल्‍दो-फुल्‍दो तुल्‍याएर प्रशस्‍त गरी त्‍यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्‍यो पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु।तर मेरो करार त म इसहाकसँगै स्‍थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्‍माउनेछे।”तिनीसित कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामकहाँबाट जानुभयो।
साराई:हास्य।
इसहाक:हास्नु।
शिक्षा:अब्राहमले शरीरको अन्तिम अवस्था सम्म बच्चा जनमाउन न सक्दा सम्म परमेश्वरमा विश्वास गरे र आखिर मा परमेश्वरले प्रतिज्ञाको छोरा इसहाक दिनुभयो।हामीले हामी बाचुन्जेल सम्म परमेश्वरमा आशा,भरोसा र विश्वास गर्नुपर्छ।

Comments