मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

पुनरुथान हुनुभयो येशू ख्रीष्ट मृत्युलाई जितेर।

#इष्टर :-इष्टरलाई हामी पुनरुथान भन्छौ हामी येशू मारिनुभयो,गाडिनु भयो र तेस्रो दिनमा धर्मशास्त्रले भनेझैं येशू ख्रीष्ट बौरी उठ्नुभयो।
#१कोरन्थी१५:३-४
किनभने मैले जे पाएँ त्‍यसैलाई सबैभन्‍दा मुख्‍य विषयको रूपमा तिमीहरूलाई सुम्‍पिदिएँ, अर्थात्‌ पवित्र धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्‍ति मर्नुभयो।
उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्‍त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।
यूहन्न११:२५-
येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ।
येशू मरेको मरे भएन उहाँ मृत्यु लाई जित्नु भयो ।उहाँ पुनरुथान हुनुभयो ।एक दिन हामीलाई पनि आश छ हामी शरीरमा मरेपनी एकदिन अबशे उहाँ संगै महिमित शरीरमा पुनरुथान हुनेछौ।
विशेष गरि तीनवटा कुराहरुले येशू ख्रीष्ट जीवित भई उठ्नुभएको कुरालाई प्रमाणित गर्द्छ:-
१)आँखाको साक्षी - मर्कूस १६:९,१२-१३, यूहन्न२०:११-१८
लूका २४:३०-३५.
२)रित्तो चिहान -

मर्कूस१५:४०-१६,१८ लूका २४ अध्याय यूहन्न१९,२१ अध्यायहरु।

३)मण्डलीको जन्म :प्रेरित २:३७-४७,१७:६।
#रवि_श्रेष्ठ ।

Comments