मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले अब्राहमलाई भेट्नुभयो।

आजको वचन।
#उत्त्पति१८:१-१५
परमेश्वरले अब्राहमलाई भेट्नुभयो।

दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्‍नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीहरूकहाँ देखा पर्नुभयो।तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे।तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्‍छ भने कृपा गरी आफ्‍नो दासकहाँबाट त्‍यसै नजानुहोस्‌।
म केही पानी ल्‍याउनेछु, र तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्‌, र यही रूखमुनि आराम गर्नुहोस्‌।म गएर केही रोटी ल्‍याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्‌, त्‍यसपछि मात्र जानुहोस्‌, किनभने यसैको निम्‍ति तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको होला।” उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्‍तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्‍नो नोकरलाई दिए, र त्‍यसले तुरुन्‍तै त्‍यो पकायो। तब तिनले दही, दूध र त्‍यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्‍जेल तिनी उनीहरूकै नजिक उभिरहे।अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्‍नी सारा कहाँ छिन्‌?” तिनले भने, “तिनी त पालमा छिन्‌।”तब परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्‌, तेरी पत्‍नी साराले एउटा छोरो जन्‍माएकी हुन्‍छे।” साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्‍तिर सुनिरहेकी थिइन्‌।अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्‍किसकेको थियो। साराको रजस्‍वला पनि बन्‍द भइसकेको थियो।यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्‌, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्‍नुभएको छ, र के मलाई यो सुख हुन्‍छ र?”तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “ ‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।” तर साराले यसो भन्‍दै इन्‍कार गरिन्‌, “म हाँस्‍दै हाँसिनँ।” किनभने तिनी डराइन्‌। तर उहाँले भन्‍नुभयो, “तँ हाँसेकै होस्‌।”

शिक्षा:विश्वास र भरोसा येशू ख्रीष्टमा गर्नुपर्छ उहाँले चाहानुभयो भने अचम्मको काम गर्नुहुन्छ।

Comments