
आजको वचन।
#उत्त्पति१८:१६-३३
अब्राहमको प्रार्थना।
तब ती पुरुषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए।
परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा दिओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”
तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्।अब त्यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्ह्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे।
तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?
त्यस सहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु त तपाईंबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?”
परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्मैलाई छोड़िदिनेछु।”
अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु।
पाँच कम पचास जना धर्मी जन त्यहाँ रहेछन् भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्नुभयो, “त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्यहाँ चालीस रहेछन् भने?”
उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्नेछु। यदि त्यहाँ तीस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तीसै पाएँ भने पनि म त्यसो गर्नेछैनँ।” तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?” उहाँले भन्नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”अनि तिनले भने, “परमप्रभुलाई रिसानी नहोस्। अब एक पल्ट मात्र बोल्नेछु। यदि त्यहाँ दश जना पाइए भने?” उहाँले भन्नुभयो, “दश जनाका खातिरमा पनि म त्यो नाश गर्नेछैनँ।”अब्राहामसित कुरा गरिसक्नुभएपछि परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के।
शिक्षा:परमेश्वरले धर्मीहरुको रक्षा गर्नुहुन्छ,पापीहरुलाई सजय दिनुहुन्छ।परमेश्वर मानिसहरुको सम्बन्धमा मात्र परिवर्तन हुनुहुन्छ,उहाँको उद्देश,व्यक्तित्व,सिद्धता,प्रतिज्ञामा उहाँ कहिले परिवर्तन हुनुहुदैन।पापीहरुलाई पनि परमेश्वरले मौका दिनुहुन्छ मौका मा चौका हान्ने काम चाहिँ पक्षाताप गरेर ख्रीष्टलाई हृदय देखि नै स्वीकार गर्नुपर्छ नत्र इन्कार गरेमा अनन्तको दण्डको खाडल मा पर्नेछ।
Comments
Post a Comment
Thank You So Much.God Bless You.