मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले नोआ संग करार बाध्नुभयो।

आजको वचन।
उत्त्पति९:१-१७.
परमेश्वरले नोआ संग करार बाध्नुभयो।
त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष्‌ दिएर भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र पृथ्‍वीमा भरिँदैजाओ।
 पृथ्‍वीका सबै पशुहरू र आकाशका सबै पन्क्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्‍पिएका हुन्‍छन्‌।जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु।“तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ।र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु।
  “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।तिमीहरूचाहिँ फल्‍दै-फुल्‍दैजाओ। पृथ्‍वीमा प्रशस्‍तसँग बालकहरू जन्‍मून्‌, र संख्‍यामा तिनीहरूको वृद्धि हुँदैजाओस्‌।”तब परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो, “तिमीहरू र तिमीहरूका भावी सन्‍तानसित,
तथा जहाजबाट तिमीहरूसित निस्‍केर आएका सबै जीवित प्राणीहरू– अर्थात्‌, पन्क्षीहरू, पालिने पशुहरू, वन-पशुहरू– तिमीहरूसित भएका पृथ्‍वीका सबै जीव-जन्‍तुहरूसित म मेरो करार स्‍थापित गर्दछु।म तिमीहरूसित मेरो यो करार स्‍थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्‍यै प्रलयको पानीले नष्‍ट हुनेछैनन्‌,अनि पृथ्‍वीलाई सर्वनाश गर्न फेरि कहिल्‍यै जलप्रलय हुनेछैन।”अनि परमेश्‍वरले भन्‍नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्‍तौँसम्‍मको निम्‍ति म ठहराउँदैछु, त्‍यसको चिन्‍ह यही हुन्‍छ।
म बादलमा मेरो इन्‍द्रेनी राख्‍तछु, र मेरो र पृथ्‍वीको बीचमा त्‍यो एउटा करारको चिन्‍ह हुनेछ।जहिले-जहिले म पृथ्‍वीमा बादल फिँजाउँछु र बादलमा इन्‍द्रेनी देखा पर्छ,मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्‍झनेछु। पानीले फेरि कहिल्‍यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्‍याउनेछैन।जुन बेला बादलमा इन्‍द्रेनी देखा पर्छ, म त्‍यो हेरेर यो सधैँको करारलाई सम्‍झनेछु, जो परमेश्‍वर र पृथ्‍वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले पृथ्‍वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्‍ह यही हो।”
#शिक्षा:रगत नखाउ: त्यो समय मा येशू ख्रीष्टको रगत बगेको थिएन।सारा संसारको पापीहरुको लागि त्यो पवित्र र शुद्ध ख्रीष्टको रगत बग्नुपर्छ।त्यही भएर रगत नखाउ भनेको हो।अब हेर्ने हो भने ख्रीष्टको रगत बगिसकेको छ मुक्तिको काम सकिसकेको छ रगत खाने र नखाने मानिसको आफ्नो इच्छा मा भर पर्छ।खान मन लाग्छ खानुस मन लाग्दैन न खानुस।
#१कोरन्थी१०:३१- यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।
करार:करार भनेको चाहिँ दुई जना कुनै कुरामा सहमत हुनु हो जसलाई प्रतिज्ञा भनी भन्निछ।
उदाहरण:१)मानिस र मानिस।
२)परमेश्वर र मानिसको बीचमा करार।
#करारको चिन्ह: #इन्द्रेणी:पानीले फेरि कहिल्‍यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्‍याउनेछैन।
#तयारी:#रविश्रेष्ठ।

Comments