मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

नोआ र तिनको छोराहरु।

आजको वचन।
उत्त्पति९:१८-२९
नोआ र तिनको छोराहरु।
जहाजबाट बाहिर निस्‍किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्‌। हामचाहिँ कनानका पिता थिए।
नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्‍त पृथ्‍वी भरियो।माटोमा काम गर्ने नोआले दाखबारी लगाए।
 जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्‍नो पालभित्र नाङ्गै सुतिबसे।कनानका पिता हामले आफ्‍ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्‍ना दुवै दाजुहरूलाई बताइदिए।
तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्‍ना काँधमा हाले र पछिल्‍तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्‍ना पिताको नग्‍नता ढाकिदिए। तिनीहरूका मुख पछिल्‍तिर फर्केको हुनाले तिनीहरूले आफ्‍ना पिताको नाङ्गोपन देखेनन्‌।
जब नोआलाई मद्यको निद्राले छोड़्यो र तिनका कान्‍छा छोराले गरेको कुरा तिनले थाहा पाए, तब तिनले भने, “श्रापित होस्‌, कनान, त्‍यो आफ्‍ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्‍यका होऊन्‌, कनान त्‍यसको दास होस्‌।परमेश्‍वरले येपेतको वृद्धि गरून्‌, र त्‍यसले शेमको पालमा वास गरोस्‌, र कनानचाहिँ शेमको कमारो होस्‌।”जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्‍म बाँचिरहे।नोआको जम्‍मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे।
शिक्षा:दाखमध यहाँ नि रक्सी खानु असल कुरा होइन यस्ता नराम्रो खाने बानी आज त्याग्नुपर्छ।
१कोरन्थी ३:१६-
 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?
१कोरन्थी ३:१६ ले भन्द्छ हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो त्यसैले यस्तो पवित्र शरीरलाई दुषिट कुरा खाएर अपवित्र गर्ने काम नगरौं।
फेरि १कोरन्थी ३:१७-
कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।
दुषिट कुरा खाएर नष्ट गर्छौं भने हामी आफै नष्ट हुन्छौं त्यसैले यस्तो कुलत कुराको सेवन गर्न आजबाट नै छोड्ने काम गरौँ ।
लागुऔषद र दुर्व्यशन बाट आज बचौ र अरुलाई बचाउने काम गरौं।
वचनले भनेझैं आफ्नो शरीर मा परमेश्वरको महिमा गरौँ ।
#तयारी:#रविश्रेष्ठ।

Comments