मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

खतनाले मुक्ति दिदैन।

आजको वचन।
#उत्त्पति१७:२२-२७
खतनाले मुक्ति दिदैन।
तिनीसित कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामकहाँबाट जानुभयो।अब्राहामले आफ्‍नो छोरो इश्‍माएल र आफ्‍नो घरमा जन्‍मेका र दाम हालेर किनेका आफ्‍ना सबै कमारा, आफ्‍नो घरका पुरुष-जाति सबैलाई लिएर तिनलाई परमेश्‍वरले भन्‍नुभएबमोजिम त्‍यसै दिन तिनीहरूका खलड़ीको खतना गरे।
आफ्‍नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्‍सय वर्ष पुगेका थिए, र तिनको छोरो इश्‍माएलचाहिँ आफ्‍नो खलड़ीको खतना गर्दा तेह्र वर्षका थिए।अब्राहाम र तिनको छोरो इश्‍माएलको खतना एकै दिनमा भएको थियो।तिनको घरमा जन्‍मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो।
शिक्षा:काम,कर्म,धर्मले कहिले पनि मुक्ति दिदैन।येशू ख्रीष्ट माथिको विश्वासले मात्र मुक्ति दिन्छ।

Comments