
#आज_खजुरको_आइतबार (#PalmSunday).
#नेम्याहाले ४४५ इसाई सम्बतमा(येशू संसारमा नआउनु भन्दा अघि) पर्खाल बनाउने समय देखि अगमवाणीको घडी शुरु भयो । पछि दानिएलको ६९ हप्ता भन्दा अघिको यो ६२ हप्ता को घटना यो हो।
#जसलाई_खजुरको_आइतबार_भनेर_भनिन्छ।
यो दिन विशेष गरेर यरुशलेम कहाँ मानिसहरुले येशू ख्रीष्ट लाई आफ्नो राजा भनेर स्वागत र घोषण गरेकाछन। पछि आफ्नो सम्पूर्ण जीवन नै समर्पण गरेकाछन।तपाईं नै हाम्रो राजा र प्रभु हामी केहि पनि गर्न सक्दैनौ।हाम्रो सम्पूर्ण जीवन नै तपाईंको हो भनेर आफ्नो राजालाई खजुरको हाँगा र आफ्नो लुगा नि राजा येशू आउने बाटोमा राखेका छन् ।
#तपाईहरुलाई_मेरो_प्रश्न्न?? #के_आज_तपाईंको #पापको_निम्ति_येशू_मर्नुभयो_र
#तपाईले_आजको_दिन(खजुरको आइतबार)
#उहाँलाई_के_चढाउनु_भएको_छ?
#जसले_तपाईंको_निम्ति_पछि
#असल_शुक्रबारको_दिन_तपाईंको_पापको_खातिर #कलवरीको_क्रूशमा_आफैलाई_अर्पण_गर्नुभयो ।
#तपाईले_मुक्ति_र_अनन्त_जीवन_पाएको_होस्
भनेर।
#वचनको_खण्ड:-
#यूहन्न१२:१२-१९
#येशूकाे_बिजय_प्रवेश ।
12 भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो,
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
14 अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
15 “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
16 यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
17 उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।
18 उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो।
19 फरिसीहरूले तब एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
#आमेन।
#पवित्र_बाइबल ।
#प्रार्थना:- प्रभु येशू आज खजुरको आइतबार हामी तपाईलाई केही चढाउन नसके पनि हामी तपाईलाई हाम्रो जीवन ,प्राण ,आत्मा र हाम्रो हृदय सम्पूर्ण समर्पण गर्छौं र हजुरको इच्छा हामी सबैको जीवनमा के छ त्यो अनुसार हामी अयोग्य मानसिहरुलाई आफ्नो इच्छा र योजना अनुसारको काम लाग्ने एउटा असल माटोको भाडो बनाउनुहोस भनी हामी तपाई येशूलाई प्रार्थना चढाउछौ येशू ख्रीष्ट मुक्तिदाता उच्च र पवित्र नाममा
#आमेन।
#तयारी: #रवि_श्रेष्ठ ।
Amen.God bless All.
ReplyDelete