मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

बाबेलको धरहरा।

आजको वचन।
उत्त्पति:११:१-९
बाबेलको धरहरा।
बाबेलको अर्थ परमेश्वर संग पुग्ने ढोका हो।बाबेलको अर्को अर्थ भ्रम,अन्योल हो।बाबले को अर्थ बेबिलोन पनि भनिन्छ।
पहिलो चोटि भाषा खलबल भएको।
यो भन्दा अघि सम्पूर्ण मानिसहरुले एउटै भाषा मात्र बोल्ने गर्थे।
पद ४ अनुसार तिनीहरुले दुष्ट काम गरे।परमेश्वर भन्दा मानिसहरु महत्त्वपूर्ण छन र परमेश्वरलाई दिन पर्ने आदर आफै लिने काम गरे।
पद ७ मा हामी भनेर शब्द चलाएको छ जसको अर्थ त्रीयक परमेश्वर हो।
स्वर्ग सम्म पुग्ने धरहरा बनाऔं परमेश्वरको इच्छा र योजना बिपरित काम गर्न थाले।
त्‍यस बेला जम्‍मै पृथ्‍वीमा एउटै भाषा र एकै खालको बोली थिए।
मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्‍यहीँ बसोबास गरे।तिनीहरूले आपसमा भने, “लौ, हामीहरू ईंट बनाएर पोलौं।” ढुङ्गाको सट्टा ईंट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।तब तिनीहरूले भने, “लौ, हामी आफ्‍नो निम्‍ति एउटा सहर र स्‍वर्गैसम्‍म पुग्‍ने एउटा धरहरा बनाऔं, अनि आफ्‍नो नाउँ राखौं र हामी पृथ्‍वीभरि जताततै नछरिऔं।” मानिसहरूका सन्‍तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो।अनि परमप्रभुले भन्‍नुभयो, “यदि एउटै भाषा बोल्‍ने एउटै जातिको स्‍थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्‍भव हुनेछैन।आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्‌।”
  तब परमप्रभुले त्‍यहीँबाट तिनीहरूलाई जम्‍मै पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्‍यो सहर बनाउन छोड़िदिए।यसकारण त्‍यसको नाउँ बाबेल* राखियो, किनभने परमप्रभुले त्‍यहीँ नै सारा पृथ्‍वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्‍यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो।
शिक्षा:परमेश्वरको इच्छा,योजना बिपरित कुनै पनि काम वा कार्य हामीले गर्छौं भने हामी असफल हुन्छौं।हामी पहिले उहाँको राज्य र धार्मिकताको खोजी गरौँ र सबै थोक उहाँले हामीलाई थपी दिनुहुन्छ।
तयारी:रवि श्रेष्ठ।

Comments