मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

इष्टर पुनरुथानको दिन पहिलो चोटि बप्तिस्मा दिएको ।

आज इष्टर पुनरुथान को दिन प्रभु येशू ख्रीष्टले मृत्यु माथि बिजय गरेको दिन। मृत्युलाई जितेर प्रामाणित गरेको दिन हाम्रो लागि ठूलो आशिषको दिन।

पहिलो चोटि बप्तिस्मा दिने अनुग्रह प्राप्त भयो परमेश्वर पिताको महिमा होस् ।

क्यालभरी च्यापल बानियाटार प्रभु येशू ख्रीष्टको राज्य बिस्तार गर्न अगाडि बढ्दै छौँ प्रार्थना गरिदिनुस।नेपालको ७७ जिल्ला ७ प्रदेश र सारा संसार भर हामी सुसमाचार सुनाउदै,चेलापन मा हुर्काउदै,नयाँ आत्मा ख्रीष्ट मा डोराउदै,बप्तिस्मा दिदै मुक्तिको सन्देश पवित्र आत्माको शक्ति मा प्रचार गर्दै,गाउँ गाउँ शहर हुँदै पृथ्वीको अल्लो छेउ देखि पल्लो छुउ सम्म पुग्न सकौ।बाइबलिय सैद्धान्तिक शिक्षा दिदै हरेक ठाँउमा आत्मिक निर्माण गर्दै स्वर्गिया इनाम जित्ने परमेश्वरको मण्डली हुन सकौ भनी प्रार्थना गरिदिनुस।

आज बप्तिस्मा लिएको प्यारी बहिनी रिमालाई नि निरन्तर प्रार्थना गरिदिनुस परमेश्वर मा अगाडि बढ्दै ख्रीष्टको क्रूस उठाउन सकोस र बहिनीको सम्पूर्ण परिवारले येशू ख्रीष्ट नै प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर चिन्न र घुडा टेक्न सकोस् ।

Comments