मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

आजको वचन

प्रस्थान८:१-१५
अदभूत चिन्ह।
#दश बिपत्ति।
२)भ्यागुताको बिपत्ति।
=>फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “गएर फारोलाई भन्‌, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे।तैंले तिनीहरूलाई जान दिइनस्‌ भने म तेरो सारा देशलाई भ्‍यागुताहरू पठाएर सताउनेछु।अनि नील नदी भ्‍यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्‍ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्‌ने आह्रीहरूमा आउनेछन्‌। ती भ्‍यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्‌’।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्‌, ‘आफ्‍नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्‌, र मिश्रभरि भ्‍यागुताहरू आऊन्‌’।” यसैले हारूनले आफ्‍नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्‍यागुताहरू निस्‍केर मिश्रदेशै ढाके।तर जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे, र मिश्रमा भ्‍यागुताहरू निकाले।तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्‍ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्‍यागुताहरू लैजाऊन्‌, अनि परमप्रभुको निम्‍ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।” मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्‌, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्‍ति बिन्‍ती गरूँ, र भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्‍ट भएर जाऊन्‌ र नील नदीमा मात्रै रहून्‌?”
उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्‌, र तपाईंले जान्‍नुहोला कि परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अरू कोही छैन।भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्‌, र केवल नील नदीमा मात्र रहनेछन्‌।” तब मोशा र हारून फारोकहाँबाट निस्‍केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्‍यागुताहरूका बारेमा मोशाले पुकारा गरे।अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्‍यागुताहरू घर, आँगन र मैदानमा मरे।मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्‍हाउन लाग्‍यो।तर जब फारोले सबै शान्‍त भएका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर गरे, र मोशा र हारूनका कुरा सुनेनन्‌।

#शिक्षा:परमेश्वरको इच्छा र योजना अनुसार नै यो घटनाहरु घटिरहेको थियो।मिश्रमा अति दमनको बाबजुद पनि परमेश्वरले इस्राएलीहरुलाई आशिष दिई तिनीहरूको सन्तान उत्पादन गराई राख्नुभएको थियो।सन्तान जन्माउन हामीले आफै कति जन्माउने भनेर निर्णय गर्नुपर्छ र बच्चाको गर्भमा नै मार्ने काम गर्नुहुन्न।यो परमेश्वरको विरुद्ध ठूलो पाप हो।हत्या गर्नु र गराउन लगाउनु हुन्न यो नि ठुलो पाप हो।मानिसको डर भन्दा बढी परमेश्वरको डर मान्नुपर्छ।परमप्रभुको भय नै ज्ञानको शुरूवात हो।जति जति राजा फारोले इस्राएलीहरुलाई दुख दिदै थियो त्यति धेरै नै परमेश्वरले इस्राएलीहरुलाई आशिष दिनुभयो।मोशाले संसारको कुरालाई छान्ने काम गरेनन् राजदरबार नै छोडे त्यो भन्दा नि बढी परमेश्वरलाई खोजे।हामीले धन सम्पत्ति खोज्ने होइन हामीले सर्ब प्रथम परमेश्वरलाई खोज्नुपर्छ।परमेश्वरलाई खोज्दै जादा उहाँको इच्छा छ भने उहाँले नै हामी हरेकलाई चाहिने कुरा जुटाउन हुन्छ।यदि धन नै दिनु भयो भने नि त्यो धनले नै परमेश्वरको राज्यको निम्ति खर्च गर्नुपर्छ।उहाँले सबैलाई नै धन नै दिनुहुन्छ भन्ने छैन कोहि कोहिलाई चाहिँ अवस्य दिनुहुन्छ।धनको होइन परमेश्वरको सेवा गरौँ।परमेश्वरले हाम्रो सुस्केरा र वेदना सुन्नुहुन्छ यदि हामीले सहि तरिकाले उहाँलाई खोज्दै उहाँकै सत्य बाटोमा हिडेकाछौ भने।परमेश्वरको बोलावटलाई चिनेर पछाउनुपर्छ नत्र परमेश्वरले अरुलाई नै चलाउन हुन्छ।शैतानको शक्ति भन्दा परमेश्वरको शक्ति महान छ।चिन्ह र चमत्कारको पछि होइन प्रभु येशू ख्रीष्टको शिक्षा मा लाग्नुपर्छ।खतानाले मुक्ति दिदैन येशू ख्रीष्ट माथि ले मात्र मुक्ति दिन्छ।अन्याय,अत्याचार,शोषण कहिले नि गर्नुहुन्न यसको नि न्याय परमेश्वरले नै न्यायको दिनमा गर्नुहुन्छ।

Comments