मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

प्रभु येशू मानिसको रुप धारण गरेर यस संसार मा पापीहरुलाई पापबाट उद्दार गरि मुक्ति दिन आउनुभयो।

आजको वचन।
प्रस्थान१९:१-२५(सिनै पर्वत)
प्रस्थान१९:१६-२५(पवित्र परमेश्वर आउनुभयो)

=>तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड़्याङगुडुरुङ भयो र बिजुली चम्‍क्‍यो र बाक्‍लो बादल पर्वतमा उठ्यो र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जनहरू थरथर कामे।तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्‍वरसँग भेट गर्न ल्‍याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए।परमप्रभु आगोमा ओर्लेर त्‍यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्‍क्‍यो र सारा पर्वत जोरसित काँप्‍न लाग्‍यो,र तुरहीको आवाज अझ चर्को गरी बज्‍न लाग्‍यो। तब मोशा बोल्‍न लागे, र परमेश्‍वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो।अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्‍लेर गए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्‌, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान्‌ र तिनीहरूमध्‍ये धेरै नष्‍ट होलान्‌।
परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्‌, नत्रता परमप्रभुले तिनीहरूलाई तत्‍कालै नाश गर्नुहुन्‍छ।”
मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्‍लेर आउन सक्‍दैनन्‌, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।”अनि परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्‍लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्‍ली नआऊन्‌, नत्रता उहाँले तिनीहरूलाई तत्‍कालै नाश गर्नुहुनेछ।”
यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।
#परमेश्वर पिता पवित्र हुनुहुन्छ,उहाँले पापलाई घृणा गर्नुहुन्छ,पाप परमेश्वर पिताको पवित्रता मा टिक्न सक्दैन,त्यसकारण पापीहरु परमेश्वर पिताको उपस्थित मा जान सक्दैन यसकारण जब मोशा परमप्रभुसंग आमने सामने बोल्ने गर्दथे पिता परमेश्वरसंग होइन पुत्र प्रभु येशू ख्रीष्टसंग बोल्नुहुन्थ्यो कारण प्रभु येशू धर्मीलाई होइन पापीलाई उद्दार गर्न आउनुभयो।प्रभु येशू मानिसको रुप धारण गरेर यस संसार मा पापीहरुलाई पापबाट उद्दार गरि मुक्ति दिन आउनुभयो।

#येशू ख्रीष्टको पवित्र रगतले हाम्रो सम्पूर्ण पाप धोइएको छ र हामी सम्पूर्ण येशूलाई विश्वास गर्नेहरु पवित्र,शुद्ध र धर्मी भइसकेको छ।अब हामी पापी होइन अब हामी धर्मी हौँ।
#बाक्‍लो बादलमा आउनेछु।”=परमेश्वरको उपस्थित।

#येहवा निस्सी:परमप्रभु मेरो झन्‍डा” ।
#अमालेकीहरु एसावका नातिहरुबाट आएका हुन्।
#यहोशू:परमेश्वरले बचाउनु हुन्छ।
#हूर:कालेबको छोरा।

#नोट:-लाल समुन्द्र एउटा समस्य हो।परमेश्वरले समस्यलाई पार गराउनुहुन्छ।समस्य देखि भाग्नुहुन्न त्यसमा लड्न सिक्नुपर्छ।परमेश्वरमा विश्वास र भरोसा गर्नुपर्छ र त्यो समस्यलाई जिवनबाट निकालेर फालेर ख्रीष्टको पछि सधैं हिंड्नुपर्छ।
पहिलो जन्मेको चाहिँ पहिलो फल हो,अगौटे फल हो।परमेश्वरको सेवाको लागि समर्पित हो।ख्रीष्ट येशू नि पहिलो फल हुनुहुन्छ।निस्तार चाडले मुक्ति दिदैन।व्यवस्थाले मुक्ति दिदैन।काम,कर्म,खतानाले मुक्ति दिदैन।मुक्ति त केबल प्रभु येशू ख्रीष्टले मात्रै दिनुहुन्छ।उहाँ माथी साचो विश्वास र भरोसाले मात्र मुक्ति दिन्छ।मोशालाई विश्वास गरेर मुक्ति पाइदैन मुक्ति पाउन त केबल प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ।निस्तार-चाडको बलि मोशा होइन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।निस्तार चाडको नियम मोशाको पालना गरेर मुक्ति पाइदैन प्रभु येशू ख्रीष्टको नियम अनुसार चलेमा मुक्ति पाइन्छ।ख्रीष्टको वचनमा रहेर आज्ञा पालन गरेर त्यही अनुसारको जिउन जिउने हो भने मुक्ति पाइन्छ।निस्तार भनेको पार गर्नु हो।मृत्युको दूत इस्राएलीहरु माथी भएर जाने काम गरे।इस्राएलमा कुनै पनि हानी गर्ने काम गरेनन्।निस्तारको थुमा प्रभु येशू ख्रीष्ट आफै हुनुहुन्छ।उहाँ हामी सारा मानवजातिको पाप बोकेर कलभरीको क्रूश्मा निस्तारको लागि बलि हुनुभयो।यो रगतले जीवन दिनेछ त्यो रगत पवित्र र सिद्ध छ जुन रगत प्रभु येशू ख्रीष्टले क्रूशमा सारा पापीको लागि बगाउनु भयो।परमेश्वरले घमण्डीको घमण्डलाई चकनाचुर पार्नुहुन्छ फारोको घमण्ड आफनो बहादुर योद्धा,रथ,घोडचढीमा थियो सबैलाई परमेश्वरले लाल समुन्द्रको पानीमा चकनाचुर पार्नुभयो।

#शिक्षा:परमेश्वरको इच्छा र योजना अनुसार नै यो घटनाहरु घटिरहेको थियो।मिश्रमा अति दमनको बाबजुद पनि परमेश्वरले इस्राएलीहरुलाई आशिष दिई तिनीहरूको सन्तान उत्पादन गराई राख्नुभएको थियो।सन्तान जन्माउन हामीले आफै कति जन्माउने भनेर निर्णय गर्नुपर्छ र बच्चाको गर्भमा नै मार्ने काम गर्नुहुन्न।यो परमेश्वरको विरुद्ध ठूलो पाप हो।हत्या गर्नु र गराउन लगाउनु हुन्न यो नि ठुलो पाप हो।मानिसको डर भन्दा बढी परमेश्वरको डर मान्नुपर्छ।परमप्रभुको भय नै ज्ञानको शुरूवात हो।जति जति राजा फारोले इस्राएलीहरुलाई दुख दिदै थियो त्यति धेरै नै परमेश्वरले इस्राएलीहरुलाई आशिष दिनुभयो।मोशाले संसारको कुरालाई छान्ने काम गरेनन् राजदरबार नै छोडे त्यो भन्दा नि बढी परमेश्वरलाई खोजे।हामीले धन सम्पत्ति खोज्ने होइन हामीले सर्ब प्रथम परमेश्वरलाई खोज्नुपर्छ।परमेश्वरलाई खोज्दै जादा उहाँको इच्छा छ भने उहाँले नै हामी हरेकलाई चाहिने कुरा जुटाउन हुन्छ।यदि धन नै दिनु भयो भने नि त्यो धनले नै परमेश्वरको राज्यको निम्ति खर्च गर्नुपर्छ।उहाँले सबैलाई नै धन नै दिनुहुन्छ भन्ने छैन कोहि कोहिलाई चाहिँ अवस्य दिनुहुन्छ।धनको होइन परमेश्वरको सेवा गरौँ।परमेश्वरले हाम्रो सुस्केरा र वेदना सुन्नुहुन्छ यदि हामीले सहि तरिकाले उहाँलाई खोज्दै उहाँकै सत्य बाटोमा हिडेकाछौ भने।परमेश्वरको बोलावटलाई चिनेर पछाउनुपर्छ नत्र परमेश्वरले अरुलाई नै चलाउन हुन्छ।शैतानको शक्ति भन्दा परमेश्वरको शक्ति महान छ।चिन्ह र चमत्कारको पछि होइन प्रभु येशू ख्रीष्टको शिक्षा मा लाग्नुपर्छ।खतानाले मुक्ति दिदैन येशू ख्रीष्ट माथि ले मात्र मुक्ति दिन्छ।हाम्रो इसाई जीवन गनगन होइन धन्यवादी जीवन हुनुपर्छ।जब हाम्रो जीवन धन्यवादी हुन्छ तब हाम्रो जीवन मा आशिष आउने छ र हामी आशिषको मुल हुने छौँ र त्यो आशिष बगेर पोखिन्छ।अन्याय,अत्याचार,शोषण कहिले नि गर्नुहुन्न यसको नि न्याय परमेश्वरले नै न्यायको दिनमा गर्नुहुन्छ।

Comments