मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

मोशा र मिरियमले परमेश्वरको आराधना गरे ।

आजको वचन।

#प्रस्थान१५:१-१८ (मोशा र मिरियमले परमेश्वरको आराधना गरे)

=>तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्‍तुति गाए: “म परमप्रभुको स्‍तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।परमप्रभु नै योद्धा हुनुहुन्‍छ, उहाँको नाउँ परमप्रभु हो।
फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्‍ठ अधिकृतहरू लाल समुद्रमा डुबे।गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे। “हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्‍यो।तपाईंका विरुद्धमा उठ्‌नेहरूलाई तपाईंका गौरवको उच्‍चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्‍नो जल्‍दो क्रोध प्रकट गर्नुभयो, र त्‍यसले उनीहरूलाई ठोसाझैँ भस्‍म पार्‍यो।तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उलिंर्दो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।“शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्‌नेछु। तिनीहरूमा म टन्‍न भोज गर्नेछु। म मेरो तरवार थुत्‍नेछु, र मेरो हातले तिनीहरूलाई नष्‍ट पार्नेछु’।तर तपाईंले आफ्‍नो सास फुक्‍नुभयो, र समुद्रले उनीहरूलाई छोप्‍यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे। “हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्‌, महिमामा भययोग्‍य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र? तपाईंले आफ्‍नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्‍वीले उनीहरूलाई निलिहाल्‍यो।“तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्‍नो नचुक्‍ने प्रेममा डोर्‍याउनुहुनेछ। तपाईंले आफ्‍नो शक्तिद्वारै तिनीहरूलाई आफ्‍नो पवित्र वासस्‍थानमा अगुवाइ गर्नुहुनेछ।जातिहरूले सुन्‍नेछन्‌ र काम्‍नेछन्‌। पलिश्‍त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।एदोमका अधिपतिहरू भयभीत हुनेछन्‌, मोआबका नेताहरूलाई कम्‍पले पक्रनेछ। कनानका सारा बासिन्‍दाहरू पग्‍लनेछन्‌, डर र त्रास उनीहरूमाथि पर्नेछ।हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्‍जेल, तपाईंले किन्‍नुभएका प्रजा पार नहोउञ्‍जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्‍थरझैँ अचल रहनेछन्‌।तपाईंले तिनीहरूलाई ल्‍याएर तपाईंको आफ्‍नो उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ– त्‍यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्‍नो वासको निम्‍ति बनाउनुभयो, त्‍यही पवित्रस्‍थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्‍थापना गरे।परमप्रभुले सदासर्वदै राज्‍य गर्नुहुनेछ।”



#नोट:-लाल समुन्द्र एउटा समस्य हो।परमेश्वरले समस्यलाई पार गराउनुहुन्छ।समस्य देखि भाग्नुहुन्न त्यसमा लड्न सिक्नुपर्छ।परमेश्वरमा विश्वास र भरोसा गर्नुपर्छ र त्यो समस्यलाई जिवनबाट निकालेर फालेर ख्रीष्टको पछि सधैं हिंड्नुपर्छ।
पहिलो जन्मेको चाहिँ पहिलो फल हो,अगौटे फल हो।परमेश्वरको सेवाको लागि समर्पित हो।ख्रीष्ट येशू नि पहिलो फल हुनुहुन्छ।निस्तार चाडले मुक्ति दिदैन।व्यवस्थाले मुक्ति दिदैन।काम,कर्म,खतानाले मुक्ति दिदैन।मुक्ति त केबल प्रभु येशू ख्रीष्टले मात्रै दिनुहुन्छ।उहाँ माथी साचो विश्वास र भरोसाले मात्र मुक्ति दिन्छ।मोशालाई विश्वास गरेर मुक्ति पाइदैन मुक्ति पाउन त केबल प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ।निस्तार-चाडको बलि मोशा होइन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।निस्तार चाडको नियम मोशाको पालना गरेर मुक्ति पाइदैन प्रभु येशू ख्रीष्टको नियम अनुसार चलेमा मुक्ति पाइन्छ।ख्रीष्टको वचनमा रहेर आज्ञा पालन गरेर त्यही अनुसारको जिउन जिउने हो भने मुक्ति पाइन्छ।निस्तार भनेको पार गर्नु हो।मृत्युको दूत इस्राएलीहरु माथी भएर जाने काम गरे।इस्राएलमा कुनै पनि हानी गर्ने काम गरेनन्।निस्तारको थुमा प्रभु येशू ख्रीष्ट आफै हुनुहुन्छ।उहाँ हामी सारा मानवजातिको पाप बोकेर कलभरीको क्रूश्मा निस्तारको लागि बलि हुनुभयो।यो रगतले जीवन दिनेछ त्यो रगत पवित्र र सिद्ध छ जुन रगत प्रभु येशू ख्रीष्टले क्रूशमा सारा पापीको लागि बगाउनु भयो।परमेश्वरले घमण्डीको घमण्डलाई चकनाचुर पार्नुहुन्छ फारोको घमण्ड आफनो बहादुर योद्धा,रथ,घोडचढीमा थियो सबैलाई परमेश्वरले लाल समुन्द्रको पानीमा चकनाचुर पार्नुभयो।

#शिक्षा:परमेश्वरको इच्छा र योजना अनुसार नै यो घटनाहरु घटिरहेको थियो।मिश्रमा अति दमनको बाबजुद पनि परमेश्वरले इस्राएलीहरुलाई आशिष दिई तिनीहरूको सन्तान उत्पादन गराई राख्नुभएको थियो।सन्तान जन्माउन हामीले आफै कति जन्माउने भनेर निर्णय गर्नुपर्छ र बच्चाको गर्भमा नै मार्ने काम गर्नुहुन्न।यो परमेश्वरको विरुद्ध ठूलो पाप हो।हत्या गर्नु र गराउन लगाउनु हुन्न यो नि ठुलो पाप हो।मानिसको डर भन्दा बढी परमेश्वरको डर मान्नुपर्छ।परमप्रभुको भय नै ज्ञानको शुरूवात हो।जति जति राजा फारोले इस्राएलीहरुलाई दुख दिदै थियो त्यति धेरै नै परमेश्वरले इस्राएलीहरुलाई आशिष दिनुभयो।मोशाले संसारको कुरालाई छान्ने काम गरेनन् राजदरबार नै छोडे त्यो भन्दा नि बढी परमेश्वरलाई खोजे।हामीले धन सम्पत्ति खोज्ने होइन हामीले सर्ब प्रथम परमेश्वरलाई खोज्नुपर्छ।परमेश्वरलाई खोज्दै जादा उहाँको इच्छा छ भने उहाँले नै हामी हरेकलाई चाहिने कुरा जुटाउन हुन्छ।यदि धन नै दिनु भयो भने नि त्यो धनले नै परमेश्वरको राज्यको निम्ति खर्च गर्नुपर्छ।उहाँले सबैलाई नै धन नै दिनुहुन्छ भन्ने छैन कोहि कोहिलाई चाहिँ अवस्य दिनुहुन्छ।धनको होइन परमेश्वरको सेवा गरौँ।परमेश्वरले हाम्रो सुस्केरा र वेदना सुन्नुहुन्छ यदि हामीले सहि तरिकाले उहाँलाई खोज्दै उहाँकै सत्य बाटोमा हिडेकाछौ भने।परमेश्वरको बोलावटलाई चिनेर पछाउनुपर्छ नत्र परमेश्वरले अरुलाई नै चलाउन हुन्छ।शैतानको शक्ति भन्दा परमेश्वरको शक्ति महान छ।चिन्ह र चमत्कारको पछि होइन प्रभु येशू ख्रीष्टको शिक्षा मा लाग्नुपर्छ।खतानाले मुक्ति दिदैन येशू ख्रीष्ट माथि ले मात्र मुक्ति दिन्छ।अन्याय,अत्याचार,शोषण कहिले नि गर्नुहुन्न यसको नि न्याय परमेश्वरले नै न्यायको दिनमा गर्नुहुन्छ।

Comments